पोखरा, २७ माघ । केही दिनदेखि जारी वर्षा र हिमपात रोकिएर छ, आइतबार विहानैदेखि पोखरा तथा वरपरका गाउँमा मौसम खुलेको छ, घाम लागेका छन्, हिमालहरु ढपक्क हिउले ढाकिएको दृष्य देख्न सकिन्छ ।
पोखरावाट विहानै माछापुच्छ«े, धौलागिरी र अन्नपूर्ण हिम श्रृंखला दृष्यावलोकन गर्नेको सराङकोट तथा पोखराका विभिन्न स्थानमा भिड नै देखिन्थ्यो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बाहिरिएकाले आइतवार बिहानदेखि मौसममा सुधार आएको वताए । पुन पश्चिमी क्षेत्रबाट अलि कमजोर किसिमको न्यून चापीय प्रणाली भित्रिएकाले पोखरा लगायत पश्चिमी क्षेत्रमा पानी पर्न सक्ने भनाई मौसमविद्को छ ।
दुई दिन अघिको पानी पार्ने शक्तिशाली किसिमको न्यून चापीय प्रणाली भने बाहिरिसकेका कारण ठूलो पानी पर्ने सम्भावना भने छैन् । पश्चिमको बादल पूर्वतर्फ सर्दै आउने भएकाले सोमबार काठमाण्डौमा पानी पर्ने सम्भावना भने देखिएको छ ।
उक्त प्रणालीले मंगलबारसम्म देशका विभिन्न ठाउँमा छिटफुट वर्षाको सम्भावना देखिएको छ ।
तीन दिनसम्मको मौमस अनुमान गर्न सकिने भएकाले आगामी मंगलबारसम्म मौसम गडबड नै देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि बिहीबारदेखि लगातार वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित भएको थियो।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
hero news full width
मुख्य समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९