स्याङ्जा, २६ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले धर्मलाई अफिम मान्ने तर विदेशीको निर्देशनमा ठूला धार्मिक सभा संचालन गर्ने द्वैध चरित्र बोकेका नेता एवं सरकार प्रमुख कारण मुलुक जर्जर अवस्थामा पुगेको टिप्पणी गरेका छन्।
राप्रपा स्याङ्जाद्वारा पुतलीबजारमा शनिबार आयोजित सर्वधर्म समभाव वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम कामनार्थ विराट धर्मसभामा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताले मुलुकमा विदेशी चलखेलको प्रभाव तीव्र बढेको बताए । आयातित एजेण्डाका संवाहक कम्युनिष्ट भए पनि त्यसकापछि काँग्रेसले पनि साथ दिदा वषौंदेखि मानिआएको सनातन हिन्दू धर्मलाई नष्ट पार्ने काम भएको दाबी गरे।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले हिन्दू राष्ट्र पुनस्र्थापना र राष्ट्रिय अखण्डता कायम गर्नका लागि आफू र पार्टी प्रतिबद्ध रहेको जनाए।
कार्यक्रममा केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराका पीठाधीश डा लेखनाथ आचार्य, राप्रपाका केन्द्रीय सदस्य तोरणबहादुर गुरुङ, पूर्व केन्द्रीय उपाध्यक्ष दिल विकास राजभण्डारी, धार्मिक संगठन विकास प्रमुख पुष्पराज पुरुष, चम्पा गिरी आश्रमका गोपालनन्द सरस्वती, राम्दीका पिठाधीश कौशिक गुरु, सचिव नेपाली काँग्रेस महासमिति सदस्य तुलसी गिरी, युवा संघ प्रदेश प्रमुख हिक्मतजंग कार्की लगायतले नेपालको पहिचान भनेकै सनातन हिन्दू राष्ट्र भएकोमा जोड दिँदै पहिचान कायमका लागि सबै नेपाली एक हुनुको विकल्प नरहेको बताए।
राप्रपा जिल्ला अध्यक्ष भूमिजंग केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य मदनबहादुर कार्कीले स्वागत र सचिव विश्वबन्धु पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९