धर्मलाई अफिम मान्ने र धार्मिकसभा द्वैध चरित्र : थापा

Avatar आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
kamal thapa_Fotor

स्याङ्जा, २६ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले धर्मलाई अफिम मान्ने तर विदेशीको निर्देशनमा ठूला धार्मिक सभा संचालन गर्ने द्वैध चरित्र बोकेका नेता एवं सरकार प्रमुख कारण मुलुक जर्जर अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

राप्रपा स्याङ्जाद्वारा पुतलीबजारमा शनिबार आयोजित सर्वधर्म समभाव वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम कामनार्थ विराट धर्मसभामा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताले मुलुकमा विदेशी चलखेलको प्रभाव तीव्र बढेको बताए । आयातित एजेण्डाका संवाहक कम्युनिष्ट भए पनि त्यसकापछि काँग्रेसले पनि साथ दिदा वषौंदेखि मानिआएको सनातन हिन्दू धर्मलाई नष्ट पार्ने काम भएको दाबी गरे।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले हिन्दू राष्ट्र पुनस्र्थापना र राष्ट्रिय अखण्डता कायम गर्नका लागि आफू र पार्टी प्रतिबद्ध रहेको जनाए।

कार्यक्रममा केदारेश्वर महादेवमणि सेवाश्रम समिति पोखराका पीठाधीश डा लेखनाथ आचार्य, राप्रपाका केन्द्रीय सदस्य तोरणबहादुर गुरुङ, पूर्व केन्द्रीय उपाध्यक्ष दिल विकास राजभण्डारी, धार्मिक संगठन विकास प्रमुख पुष्पराज पुरुष, चम्पा गिरी आश्रमका गोपालनन्द सरस्वती, राम्दीका पिठाधीश कौशिक गुरु, सचिव नेपाली काँग्रेस महासमिति सदस्य तुलसी गिरी, युवा संघ प्रदेश प्रमुख हिक्मतजंग कार्की लगायतले नेपालको पहिचान भनेकै सनातन हिन्दू राष्ट्र भएकोमा जोड दिँदै पहिचान कायमका लागि सबै नेपाली एक हुनुको विकल्प नरहेको बताए।

राप्रपा जिल्ला अध्यक्ष भूमिजंग केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य मदनबहादुर कार्कीले स्वागत र सचिव विश्वबन्धु पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • ६ गुणाबढी भाडा लिने सवारी कार्वाहीमा

      rss रासस वैशाख २४, २०७८
      काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ…
    • महामारीमा पालिकाको बेवास्ता

      सविन लामिछाने सविन लामिछाने वैशाख २४, २०७८
      दमौली । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले संक्रमितको संख्या जिल्लामा ह्वात्तै बढ्दा समेत आवश्यक पूर्व तयारीमा बेवास्ता गरिएको छ ।…
    • मनाङेको मन्त्रालयलाई अल्पकालीन बजेट

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ वैशाख २४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा सत्ताको खेल भइरहँदा यतिखेर चर्चामा छ, युवा तथा खेलकुद मन्त्रालय । मन्त्रालय भन्दा बढि हिट भए…
    • चौरासी पूजापछि गाउँमा कोरोना

      Avatar तोलाकान्त बगाले वैशाख २४, २०७८
      वालिङ । वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा गत…
    • लकडाउनमा सुनसान बेनी बजार (तस्बिर सहित )

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा लकडाउन (निशेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशासन कार्यालयले नगरपालिका…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग