हेमजा, २६ माघ। गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सव शनिवार सम्पन्न भयो।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले सहकारीले सामाजिक उत्तरदायित्वका काममा पनि लगानी गर्नुपनेर्मा जोड दिए । उनले राज्यको नीति नियमको परिधिमा सहकारी संस्था पनि रहनुपनेर्मा जोड दिए। उनले एउटै सहकारीमा मात्र कारोबार गर्न आग्रह गरे।
त्यस अवसरमा सहकारीका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार रुद्रनाथ पौडेल, शेयर सदस्यतर्फबाट बासुदेव त्रिपाठी लगायतले बोलेका थिए।सहकारीका व्यवस्थापक डम्बरसिंह बस्नेतले संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिए।
कार्यक्रमबीच उत्कृष्ट बचतकर्ताबाट चन्द्रमाया अधिकारी, आइतमाया गुरुङ, तोरणबहादुर कुँवर, मदनबहादुर कुँवर र जमुना पौडेललाई सम्मान गरियो ।
यस्तै, उत्कृष्ट ऋणी सदस्यमा रजनी शर्मा पौडेल, पममाया पुन, कृष्णराज पोखरेल, कृष्णबहादुर थापा र भेषबहादुर कुँवरलाई सम्मान गरिएको थियो।
कार्यक्रममा असिम विष्ट र निशा क्षेत्रीलाई उत्कृष्ट बालबचतकर्ता, विज्ञान कुँवर, विज्ञप्ति कुँवर, विप्लव कुँवर, सिद्घार्थ कुँवर, सुशील अधिकारी, नवीन क्षेत्री, सुरक्षा केसी, सावित्री तिवारी, स्वरुप सापकोटा तथा प्रीन्सा कुँवरलाई बालबचत प्रोत्साहनबाट सम्मानित गरिएको थियो। लालबहादुर थापा र कलावती थापा ज्येष्ठ सदस्य सम्मान एवं मैया तिम्सिना उत्कृष्ट कर्मचारीबाट पुरस्कृत भए।
विद्यालयमा ५० हजार रुपैयाँ बराबरको अक्षयकोष घोषणा गरियो भने एटिएम कार्ड पनि वितरण गरियो। वनभोजबीच भएको कार्यक्रम सहकारी उपाध्यक्ष दानबहादुर थापाको अध्यक्षतामा भएको हो । सहकारी सचिव घनश्याम तिम्सिना तथा व्यवस्थापक बस्नेतले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा बद्रीनाथ पौडेल
औद्योगिक व्यापार मेलामा छुटैछुट
महोत्सव सफल पार्न कस्सिए आमा समूह
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
पोखरा महोत्सवका मूल तथा उपसमिति गठन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०