पार्टी एक नीति दुई हुनु दुर्भाग्य — चित्र वहादुर केसी

आदर्श समाज सम्वाददाता
माघ २६, २०७५
chitra 2


बुटवल २६ माघ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भनेजुयलाका सम्वन्धमा वोलेर नेकपाका अध्यक्ष प्रचण्डले हिम्मत देखाएको बताएका छन् ।

देश र सरकारको नेतृत्वको पार्टीबाट भनेजुयलाका सम्वन्धमा अलगअलग विज्ञप्ति आउनु दुखद भन्दै केसीले पूर्व माओवादीहरुमा अमेरिकाको सर्वसत्तावादका विषयमा अडान रहेको देखियो तर तत्कालिन एमालेको समुह अमेरिकासंग डराएको आरोप लगाए । प्रगतिशील पत्रकार संघ रुपन्देहीद्धारा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने —भनेजुयला स्वतन्त्र देश भएकाले अमेरिकाले हस्तक्षेप गर्न पाउदैन ।

नेपालको राष्टियता बलियो बनाउन दलहरु मिल्नुको बिकल्प छैन, तर आफ्नै सरकार ढाल्न भारत पुग्ने माओवादी नेतृत्व र एमालेको स्वार्थका कारण सत्तारुढ नेकपा विभाजन हुन सक्ने पनि टिप्पणी गरे ।

त्यस्तै नेता केसीले आम नेपाली जनता र अधिकांश दलहरु संघीयता प्रतिको भ्रमका बारेमा स्पष्ट भईसकेको बताए ।
संघीयताबाट केही हुन्छ भन्ने भ्रममा रहेका जनता र केही दलहरु छोटो समयमा नै भ्रमबाट मुक्त भएको उनले वताए । अध्यक्ष केसीले संघीयता खारेज गरी मुलुकलाई एकात्मक प्रणालीमा लैजानु पर्नेमा जोड दिए ।

हामीले २०६५ सालदेखि नै संघीयता चाहिदैन देश टुक्र्याउन पाईदैन भनेका थियौ, संघीयता आएको छोटो समयमा संघीयता नचाहिएको स्पष्ट भईसक्यो एउटा सरकार चलाउन गाह्रो भईरहेको देशमा ७ वटा प्रदेश सरकार चलाउन सकिदैन यो खारेज गरी एकात्मक प्रणालीमा जानुको विकल्प छैन ।

संबिधान सभाबाट संबिधान निर्माण भएसँगै तीन तहका सरकार गठन जनताले आशा गरेका चाहेका काम हुन नसकेर द्धन्द झन बढेको बताए । । उनले सिंहदरबारका अधिकारसंगै भ्रष्टाचार पनि गाउँमा पुगेको उल्लेख गर्दै भ्रष्टाचारमा जनप्रतिनिधि नै सम्लग्न भएको आरोप लगाए ।

त्यसैगरी नेता केसीले सरकारले चिकित्सा विधेयक पारित गरेर मडिकल माफियासंग सरकार झुकेको आरोप लगाए । विगतदेखि नै शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताउदै आएको कम्युनिष्ट भन्न रुचाउने अहिलेको सरकारले माफियाको पक्षमै निर्णय गरेको आरोप लगाए । उनले डा गोविन्द केसीले उठाएको माग जायज भएपनि माफियाकै जित भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width