डोकोमा पानी बोक्नेलाई प्राथमिकता

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५
nepal women doko

खैरेनीटार, २४ माघ । शुक्लागण्डकी नगरपालिकाको विहीवार बसेको नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक वर्षको योजनामा नगरपालिकाभित्र कुवाबाट डोकोमा पानी बोकेर खानुपर्ने गाउँहरुलाई पहिलो प्राथमिकतामा राखेको छ ।

यस्तै, नगरपालिकाभित्र खानेपानी सञ्चालन भएको तर रिजर्भ ट्याङ्की मर्मत गर्नुपर्ने र टुटेफुटेका पाइपहरु फेर्नुपर्ने खानेपानीका आयोजनालाई दोस्रो प्राथमिकता र कुवा धाराहरु संरक्षण र मर्मत गर्नुपनेर्लाई बैठकले तेस्रो प्राथमिकता दिएको छ । प्राथमिकता अनुसारका स्थलहरुको अनुगमन गरी प्राविधिक स्टमेट अनुसार योजना सम्पन्न गर्नको लागि १ करोड ४४ लाख ५० हजार बजेट बिनियोजन गर्ने निर्णय भएको नगर प्रबक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

प्रवक्ता कुमालले नगरपालिकाभित्र सार्वजनिक जग्गाहरुमा नगरपालिकाको अनुमतिबिना अबैधरुपमा उत्खनन् गरेकालाई प्रदेश सरकारको दररेट एक घन मिटरको एक सय एकचालिस रुपैयाको दरले राजश्व असुली गर्ने र वडा ५ मा रहेको प्रोफर क्रसर उद्योग, वडा ७ मा रहेका शिवशक्ति क्रसर उद्योग र मिलिजुली क्रसर उद्योगहरुलाई राजश्व असुली जरिवाना गर्ने निर्णय गरिएको जनाए ।

उनले पहिलो पटक अनुमतिबिना उत्खनन् गनेर्लाई सम्पूर्ण घन मिटरको वीस प्रतिशत रकम दोस्रो पटकमा १ सय प्रतिशत साथै तेस्रो पटकमा सम्पूर्ण सामाग्री र सामान जफत तथा उद्योग बन्द गर्न सक्ने निर्णय भएको समेत बताए ।

कार्यपालिकाले नगरपालिकाको शिक्षा शाखाबाट पेश भएका वडा ६ मा रहेको खैरेनी माध्यमिक विद्यालय, वडा ८ मा रहेको गाउँफोर्दय माध्यमिक विद्यालय, वडा ५ मा रहेको जनकल्याण माध्यमिक विद्यालय, वडा ३ मा रहेको सहिद कृष्ण माध्यमिक विद्यालय, वडा १ थप्रेकमा रहेको सरस्वती माध्यमिक विद्यालय, वडा ७ शेराटारमा रहेको कुस्मावती प्राथमिक विद्यालय, वडा १० लोकतेटारमा रहेको सूर्य प्राथमिक विद्यालय र वडा १२ प्यूरीदोभानमा रहेको जनशिशु प्राथमिक विद्यालयहरुलाई नमूना विद्यालय छनोट मापदण्ड र विद्यालय सुधार कार्यक्रम पास गर्ने निर्णय गरेकोछ।

नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाहरुको लगत राखी सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका भौतिक संरचनालाई तुरुन्त रोक्ने निर्णय गरिएको जानकारी समेत नगरप्रवक्ताले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width