हेमजा, २४ माघ । हेमजा मेलबोटस्थित माछापुच्छे« गाउँपालिका जाने सडकका विहीवार दिउँसो भ्वाङ् परेपछि करीब २ घण्टा यातायात अवरुद्घ भएको छ । डोजर सहायताले सो भ्वाङ् पुरेपछि यातायात सुचारु गर्नुपर्यो । सो सडकखण्डमा अझै पनि स–साना भ्वाङ भने अझै देख्न सकिन्छ । उक्त बाटोसँगै घर जोडिएका महेश केसीले भ्वाङ परेसँगै आफ्नो घर तथा बाटो जोखिममा परेको बताए ।
उनले चार/पाँच दिन अघि पनि सो ठाउँमा त्यस्तै घटना भएको र त्यत्तिबेला डोजरको सहायताले पुरी यातायात सुचारु गरेको जानकारी दिए ।
अर्का स्थानीय राजकुमार कुँवरले गत वर्ष मेलबोटकै लक्ष्मी पौडेलको जग्गामा पनि भ्वाङ् परेको स्मरण गर्दै हेमजा क्षेत्र पनि भौगोलिक हिसाबले जोखिमयुक्त रहेको बताए । मेलबोटवासीले सो समस्यामा गम्भीर बन्न र समाधान उपाय खोज्न सरोकारवालासमक्ष आग्रह गरेका छन् ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९