पोखरा, २४ माघ। पोखरा–६ स्थित न्याश्नल ईन्भेन्टिभ आवासीय माविको २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
प्रदेश सांंसद राजीव पहारीले समारोह उद्घाटन गर्दै अबको शिक्षा व्यवहारिक र जीवनउपयोगी हुनुपर्ने बताए। राज्यले निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई निषेध गरेर नभई सरकारी विद्यालयलाई पनि स्तर वृद्धि गरी शिक्षामा समानता कायम गर्नुपर्ने आवश्यकता औँल्याए।
निजी क्षेत्रका विद्यालयलाई अंकुश लगाएरमात्र शिक्षाको विकास नहुने उनको भनाइ थियो। पहारीले शिक्षाको क्षेत्रमा न्याश्नल ईन्भेन्टिभले प्राप्त गरेको सफलता वडा ६ का लागि पनि गौरवको विषय भएको धारणा राखे।
प्याब्सन केन्द्रिय सदस्य कृष्ण केसीले अहिलेको अवस्थामा निजी विद्यालय विनाको शिक्षा अपूरै रहने तर्क गरे।
प्याब्सन कास्की अध्यक्ष प्रेम शर्माले शिक्षाको क्षेत्रमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताए। मानव अधिकार केन्द्र प्रदेश संयोजक राजुराज अधिकारीले शिक्षाको अधिकारबाट कुनै पनि बालबालिकाहरू वञ्चित हुन नहुने बताए।
विद्यालय प्राचार्य उमा लामिछानेले विद्यालयको वार्षिक प्रगतिबारे अवगत गराइन्। उनले विद्यालयले नतिजामुखी मात्र नभई समग्र विकास र व्यवहारिक शिक्षामा जोड दिँदै अघि बढिरहेको उल्लेख गरिन्।
कार्यक्रममा २०७४ को एसइई परीक्षामा जीपीए ४ ल्याउन सफल विद्यार्थी दीक्षा राजभाट र रजनी शाहीलाई जनही ५ हजारसहित सम्मान गरिएको थियो।
त्यस्तै ए प्लस ल्याउन सफल १९ जना विद्यार्थी सहित परीक्षामा सम्मिलित सबैलाई सम्मान गरिएको थियो।
यस्तै, विद्यालयले दीर्घ सेवा पदकबाट शिक्षक ध्रुव केसी, लक्ष्मी सुवेदी, कल्पना अधिकारी, प्रभा खड्का, मधु खड्का र कर्मचारीतर्फ बसचालक महेन्द्र भट्टलाई सम्मान गरेको छ।
एसइईमा विशिष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषय शिक्षकतर्फ विद्यालयका उप–प्राचार्य विक्रम पौडेल, शिक्षक सीबी पोखरेल, लीलाकुमारी महत, जगदीश पंगेनी, प्रमोद न्यौपाने, टीकाराम दाहाल, ईन्द्रराज शाक्य र ध्रुव केसीलाई समेत सम्मानित गरियो।पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा देवेन्द्रबहादुर लामिछाने, पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक चन्द्रनाथ अधिकारी, लिटिल स्टेप माविका संस्थापक शेरबहादुर गुरुङ, समाजसेवी गणेश ढकाल लगायतको उपस्थिति रहेको समारोहमा विद्यार्थीले विविध सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरेका थिए।
विद्यालय उपप्राचार्य विक्रम पौडेलको लेखन तथा निदेर्शनमा ‘शहीदको सपना’ नामक नाटक समेत मञ्चन गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य विक्रम पौडेलसहित विद्यार्थीतर्फबाट कक्षा १२ की छात्रा कृष्ण पौडेल र कक्षा ९ का छात्र राज रंग्रेजले स्वागत गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक सीवी पोखरेल लगायत विद्यार्थीले संयुक्तरूपमा गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९