पोखरा, २४ माघ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय, स्याङ्जा, गल्याङले नगरको वडा ११ तुलसीभन्ज्याङ्मा आफ्नो सेवा सूचारु गरेको गरेको छ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख भूपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताए। उनले नेपाल टेलिकमको सेवा विस्तारको कार्यशैली आक्रामक बन्दै गइरहेको बताउँदै यसले सदैव नम्बर १ कम्पनीको रुपमा स्थापित रहिरहन कठिन नहुने धारणा राखे।
उनले टेलिकम कार्यालय गल्याङले वर्तमान अवस्थामा गरिरहेको सेवा विस्तारको कार्यप्रति उच्च प्रशंसा गर्दै कार्यालय प्रमुख रामराज उपाध्यायलाई सम्मान गरे।
कार्यक्रममा टेलिकम कार्यालय गल्याङ कार्यालय प्रमुख रामराज उपाध्यायले संस्थाको उन्नतिका लागि अहोरात्र खटिन तयार रहेको बताउँदै आफूलाई सम्मान गरेकोमा गल्याङ नगरपालिकालाई धन्यवाद व्यक्त गरे।
उनले टेलिकमको उद्देश्य भनेकै सस्तो दरमा भरपर्दो सेवा उपलब्ध गराउने रहेको बताउँदै सेवा उपभोग गर्न इच्छुक जोकोहीलाई रित्तो हात फर्काउन नहुने धारणा राखे।
वडाध्यक्ष शंकरदेव अधिकारीले सेवा जडान भएकोमा खुसी व्यक्त गर्दै वषौर्देखिको सपना साकार भएको बताए। उनले आगामी दिनमा समेत यस्तै किसिमको विस्तार कार्यलाई निरन्तरता दिन आग्रह गर्दै सोका लागि आफू सहयोग गनै तत्पर रहेको जानकारी दिए।
टेलिकम कार्यालय गल्याङबाट करिब ३ किलोमिटरको दुरीमा रहेको तुलसीभन्ज्याङमा नयाँ नेटवर्क गरी पीएसटीन सेवाका साथै फाइभ एमबीपीएस स्पीड क्षमता भएको एडिएसएल सेवा समेत सुचारु गरेको हो।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०