महिलालाई कानूनी सचेतना आवश्यक : उपमेयर

एजेन्सी
माघ २५, २०७५
9_Fotor

पोखरा, २४ माघ । पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले महिला कानूनी सचेतनामा जोड दिएकी छन् ।

पोखरा वडा ३१ को आयोजना र नवजीवन महिला विकास संस्थाको संयोजनमा आयोजित देवानी कानून तथा क्षमता अभिवृद्धि कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएकी हुन् ।

हालै कार्यान्वयनमा आएको देवानी कानूनमा महिलाबारे थुपै्र व्यवस्था गरेको भए पनि त्यसबारे महिलालाई पर्याप्त जानकारी नभएको उनले उल्लेख गरिन् ।

उपमेयर गुरुङले देवानी कानूनमा बहुविवाहलाई मान्यता नदिने लगायत जघन्य अपराधमा सजाय व्यवस्थाबारे जानकारी हुनुपर्ने बताउँदै त्यसका लागि महिलाले स्वयं चासो राख्नुपनेर्मा जोड दिइन्। उनले महिलालाई आर्थिक रुपमा सवल बनाउन महानगरले उपप्रमुखसँग महिला कार्यक्रम ल्याएको जानकारी दिइन्। महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले कार्यक्रम ल्याएको बताउँदै महानगरले तालिमलाई निरुत्साहित गर्ने बताइन्।

‘विगतमा थुप्रै रकम तालिमका लागि खर्च भएको छ तर त्यसको उपलब्धि शून्य छ,’ उनले भनिन्,‘त्यसैले महागनरले तालिम लिएर बसेका महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याएको छ।’

वडा ३१ अध्यक्ष कमल थापाले वडा ३ ठाउँमा कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिने बताए।

कार्यक्रममा नवजीवन महिला विकास संस्थाका अध्यक्ष कमला थापा, वडा सदस्य विष्णु सुनार, सहजकर्ता सरिता तिमिल्सिना पंगेनी, दामोदरभक्त थापा लगायतले महिलालाई कानूनी सचेता र क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताए। तीन दिने कार्यक्रममा पत्रकारद्वय सरिता तिमिल्सिना पंगेनी र कञ्चन थापाले सहजीकरण गर्ने छन्।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width