लोककवि अलि मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार

Avatar एजेन्सी
माघ २४, २०७५
alimiya


पोखरा, २४ पुस । लोककवि अलि मियाँलाई यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठानले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र छ । लोककविलाई साहित्यकार पहारीको नवौं स्मृति दिवस फागुन १७ गते आयोजना हुने समारोहमा मरणोपरान्त सम्मानित गरिने हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले बताइन् ।

साहित्यकार अनील पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अलि मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । यसअघि यो पुरस्कारबाट वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान पुरस्कृत भइसकेका छन् ।

सोही समारोहमा साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरु’ पनि लोकार्पण हुनेछ । गीत सञ्चयन हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । पहारीका यसअघि देशको अभिभारा कविता सञ्चयन र उत्तरी गोलाद्र्धको एक फन्को नियात्रा प्रकाशित छन् ।

लोककवि अलि मियाँको जन्म १९७५ फाल्गुन १५ गते हाल पोखरा १३ को मियाँपाटनमा भएको हो । सरल भाषामा गहिरो भाव पोख्न खप्पिस लोककवि जीवनभर नेपाली गाउँबेसीका भाका गाउँदै हिडे । उनको २०६३ साउन १८ गते निधन भयो । उनका केही गीत हरिदेवी कोइराला, प्रेमराजा महत, पद्यराज ढकाल, ठाकुरप्रसाद सिग्देल, दुर्गा रायमाझी, पुरुषोत्तम रायमाझी लगायतले गाएका छन् ।

अलिमियाँ धार्मिक सहिष्णुताका एक नमूना थिए । उनको योगदान, कृति र समग्र लोक साहित्यको विकासका लागि अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान क्रियाशील छ । उनका प्रकाशित कृतिमा वीरक्तलहरी, महेन्द्रलहरी, न्याउलीको पुकार, पहाडको उद्गार, सेतीको सुस्केरा, उज्यालो भैसक्यो, सम्झनाको दीयो, अलि मियाँको आवाज छन् ।

Related News

सम्बन्धित समाचार

    • गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए सपथ

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २१, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपतिसहित प्राज्ञ सभा सदस्यले सोमबार सपथ लिएका छन् । कुलपति सूर्य खड्का बिखर्चीले मुख्यमन्त्री एवं…
    • गण्डकी प्रज्ञा प्रतिष्ठानमा सूर्य खड्का बिखर्ची

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १९, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपतिमा साहित्यकार सूर्य खड्का विखर्ची नियुक्त भएका छन् । गण्डकी प्रदेशका भाषा, साहित्य, लोकसाहित्य, संस्कृति,…
    • समता काव्य सन्ध्याको ३३५ औं शृंखला

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ४, २०७८
      पोखरा। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) ले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३५ औं शृंखला शनिबार भएको छ ।…
    • प्रवीण स्मृति कार्यक्रममा श्रष्टा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २०, २०७७
      हेमजा । अन्नपूर्ण गाउँपालिकामा शुक्रबार स्रष्टा सम्मान गरिएको छ । लोक गायक प्रवीण गुरुङको स्मृतिमा लुम्लेमा जारी कार्यक्रममा बाटुलेचौर निवासी…
    • पर्यटन काव्ययात्राको ९ बुँदे घोषणापत्र

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १५, २०७७
      लमजुङ । लमजुङमा आयोजित साहित्यका लागि पर्यटन काव्ययात्रा ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । घोषणापत्रमा राष्ट्रकवि माधव घिमिरे, डा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग