पोखरा भरतपुर उडान भरिने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
shree-airlines photo

पोखरा, माघ २४ । काठमाडौंबाट ६ वटा ठाउँमा उडान गर्दै आएको श्री एयरलाइन्सले फागुन अन्तिमबाट पोखरा र भरतपुरमा उडान गर्ने भएको छ । उक्त एयरलाइन्सले बमवार्डियर क्यू ४०० जहाजबाट काठमाडौं (पोखरा (काठमाडौं उडान गर्ने तयारी थालेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि कम्पनीले पाइलटलाई तालिमका लागि इथोपियन एयरको तालिम केन्द्रमा पठाउने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा दुई वटा जहाजबाट घरेलु उडान गर्न सुरु गर्ने जनाएको छ । पोखरा र भरतपुरमा उड्ने जहाज ७८ सिटका हुनेछन् ।

एयरलाइन्सले बम्बार्डियर कम्पनीले बनाएको टर्बोपर्प इन्जिन ल्याउन लागेको हो ।श्री एयरलाइन्सले अन्तर्रा्िष्ट्रय उडानको अनुमति पाएको छ । करिब २ वर्षदेखि लाइसेन्सका लागि प्रक्रियामा गएको श्रीले सोमबार लाइसेन्स पाएको कम्पनीले जनाएको छ । गतवर्षको भदौबाट व्यावसायिक यात्रा सुरु गरेको श्री एयरलाइन्सले पहिलो पटक अन्तर्रा्िष्ट्रय लाइसेन्स पाएको हो ।

श्रीले तीन वटा जहाज उडाउन सक्छ । उक्त कम्पनीसँग चार वटा जहाज भएपनि अन्तर्रा्िष्ट्रय उडानका लागि तीन वटाको मात्र अनुमति छ । श्रीसँग बम्बार्डिएरको ५० सिटका दुइटा र ७० सिटका दुइटा गरी चार वटा जहाज छन् ।

Related News

सम्बन्धित समाचार

  • तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । गोरखा भूकम्पको मारले २०७२ साल वैशाखमा अरु स्थानमा जस्तै तनहुँको भीमाद नगरपालिका ५ मिछुर्लुङलाई थरथरी कमायो । वैशाख…
  • पर्यटन समस्या सम्बोधनको माग

    आदर्श समाज सम्वाददाता असार १९, २०७९
    पोखरा । कोरोनाले थलिएको पर्यटन पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन होटल संघ पोखरा नेपालले नेपाल राष्ट्र…
  • विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक

    धनबहादुर गुरुङ असार १४, २०७९
    पोखरा । बेलायत बस्दै आएका भीमाद ५, मिछुर्लुङका महेन्द्र आले २०७२ सालमा आफ्नो गाउँमा होमस्टे सञ्चालन हुँदा औधी खुसी थिए…
  • गाउँलेलाई भिटोफको गाइड तालिम

    आदर्श समाज सम्वाददाता असार ६, २०७९
    पोखरा । पर्वत जिल्लाको मोदि गाँउपालिका १ लौसिबोटमा दुइदिने भिलेज टुर गाइड (गाउँले गाइड) तालिम हालै सम्पन्न भएको छ ।गाउँ…
  • पोखरालाई पर्यटीय राजधानी बनाउन परिषद्को सुझाव

    आदर्श समाज सम्वाददाता असार ६, २०७९
    पोखरा। पोखरा पर्यटन परिषदको तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटन लक्षित विकासका लागि सुझावहरु दिएको छ । पर्यटकीय शहर…

hero news full width