कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गरेको भन्दै अदालतवाट जन्मकैद

rss रासस
माघ २४, २०७५
Kaligandaki-Koridor-of-Gulmi-Ridi-09072017080722-1000×0

म्याग्दी, २४ माघ । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै उक्त अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार निजलाई सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा आठ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरी ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार खड्कालाई एक लाख जरिवाना र अपहरण अवधिको दैनिक ५०० दरले थप जरिवाना तिराउने फैसलासमेत भएको थियो ।

गत असार १४ गते लु२च २४५४ नंको जिपमा सवार घराम्दीकी नेपालीलाई बेनी–जोमसोम सडकअन्तर्गत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकीमा खसालेर बेपत्ता भएका चालक खड्का सात दिनपछि असार २० गते आफैँ पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए । कालीगण्डकीमा बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले खड्काविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको थियो ।

घराम्दीमा भएको भेलामा अविवाहित सविताको पेटमा रहेको गर्भ आफ्नो भएको स्वीकार गरेर आफूले जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा गाडीमा हालेर भागेका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेर उनको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

Related News

सम्बन्धित समाचार

    • फेवातालको क्षेत्रफल ११२५५ रोपनी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १३, २०७७
      पोखरा । नेपाल सरकारको मन्त्री परिषद् बैठकको निर्णय सँगै फेवातालको क्षेत्रफल बढ्ने भएको छ । हाल साढे ४ वर्ग किलोमिटर…
    • ग्रामीण क्षेत्रमा सडक कालोपत्रे   

      rss रासस फागुन १३, २०७७
      म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा…
    • नेपाल–भारत मैत्री संघको साधारण सभा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा, १२ फागुन । नेपाल–भारत मैत्री संघ कास्की शाखाको पाँचौं साधारण सभा भएको छ । संस्थाका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा…
    • सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      जाजरकाेट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष…
    • पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

      rss रासस फागुन ११, २०७७
      पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या…

    hero news full width

    sanil ads

    wordlink ads