पर्यटन विकास र शान्तिसुरक्षा

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
tourism_Fotor

पोखरा, २३ माघ। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पर्यटन व्यवसाय विकास तथा शान्ति सुरक्षासम्बन्धी अन्तक्र्रिर्या सम्पन्न भएको छ।

प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद राजीव पहारीले बैदाम क्षेत्रको विकासका लागि एक संयन्त्र बनाएर अघि बढ्नुपनेर्मा जोड दिए। उनले भने, ‘बैदाम क्षेत्रको विकास कार्यमा विभिन्न व्यक्तिको फरक–फरक धारणा आउन सक्छ, सबैलाई मिलाएर संयन्त्र बनाऔं, सो संयन्त्रले जे निर्णय गर्छ। त्यही मान्यहोस्।’

प्रदेश सांसद भएको नाताले आफू अहिले नीति निर्माण बनाउने तहमा रहेको र कुनै विकास कार्यमा तत्काल बजेट निर्णय गर्न नसक्ने अवस्थामा रहे पनि आफ्नो क्षेत्रको विकास र उन्नति कसरी हुन्छ भन्नेमा आफू चिन्तित रहेको बताए। ‘मलाई बैदामे सांसद वा फेवातालको सांसद भने पनि फरक पदैर्न,’ सांसद पहारीले भने, ‘शुरुवातदेखि नै सांसदको तलबभत्ता वापतको रकम पनि सामाजिक क्षेत्रमा लगाउने गरेको छु। फेवाताल संरक्षणको लागि लडेर १० करोड पार्न सफल भएँ। छिट्टै लेकसाइड क्षेत्रको खाली जग्गा उपयोग गरी सुविधासम्पन्न पार्क बनाउने योजना छ।’

लेकसाइड पर्यटकको हव बन्न वर्षौ लागेको र यसलाई जीवन्तता दिन जरुरी रहेको उल्लेख गर्दै सांसद पहारीले पोखरा घुम्ने पर्यटकको बसाइँ लम्बाउन आवश्यक पूर्वाधार विकास गर्नुपनेर्मा जोड दिए। उनले फेवाताल संरक्षणमा सवोर्च्चको आदेश कार्यान्वयन गर्न प्रदेशका पर्यटन मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको पनि बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले समाजमा हुने सबै घटनालाई सामान्यीकरण गर्न नहुने सुझाव दिए। उनले घटना–दुर्घटना भए तत्काल आवश्यक कार्यान्वयनका लागि प्रहरीसँग समन्वय गरी अघि बढ्नुपर्ने बताए। लेकसाइडको चौतर्फी विकासका लागि आचारसंहिता बनाएर अघि बढ्नुपर्ने उनको सुझाव थियो।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले पहिलेको रेसिडेन्सी क्षेत्र अहिले पर्यटक हव बनेको उल्लेख गर्दै लेकसाइड कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे बृहत् छलफल जरुरी रहेको बताए।

उनले पछिल्लो समय ४ सय जना व्यक्तिलाई अवैध यौनधन्दामा लागेको अभियोगमा पक्राउ गरिएको जानकारी दिँदै आफ्नो कार्यकालमा ट्याक्सीमा मनपरी, लागुऔषध, जुवातास, टोलेगुण्डा निस्तेज पारेको दाबी गरे।

वडा प्रहरी कार्यालय बैदामका इञ्चार्ज प्रहरी नायव उपरीक्षक नवीन कार्कीले हाल बैदाम प्रहरी कार्यालय रहेको जग्गा पर्ती जग्गा रहेको जानकारी दिँदै वडा प्रहरी कार्यालयलाई सुविधासम्पन्न सबैको सहयोगको खाँचो औल्याए ।

वडा ६ का कावा अध्यक्ष हरिकृष्ण पहारीले सबैको सहकार्यमा विकासमा अघि बढ्नुपर्ने बताए ।

सामुदायिक बैदामका सल्लाहकार दीपकवीर कुँवरले नीति नियम कार्यान्वयन गर्ने निकाय आँखामा पट्टी बाँधेर बसेको टिप्पणी गर्दै छोरा नाति समेत यावत् समस्या लिएर आउनुपर्ने अवस्था नहोस् भनी कामना गरे ।

पश्चिमाञ्चल होटल संघ पूर्व अध्यक्ष समेत रहेका संस्थाका संस्थापक सचिव एवं सल्लाहकार गोविन्दराज पहारीले पोखरा घुम्ने पर्यटकको बसाइँ अवधि लम्बाउन पर्यटन पूर्वाधार आवश्यक रहेको बताए । उनले फ्रि–वाईवाई जोड विकास गर्नुपर्ने, फेवाताल संरक्षण सवालमा सवोर्च्चको आदेश अक्षरसः कार्यान्वयन गर्नुपर्ने लगायत विषयमा जोड दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नि कँडेल, सामुदायिक जिल्ला समन्वयका पूर्व अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक बैदामका पूर्व अध्यक्ष पम्फा पहारी, सल्लाहकार देवका पहारी लगायतले पर्यटन व्यवसायको विकासमा शान्तिसुरक्षा अत्यावश्यक रहेको उल्लेख गरे ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामकी अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य ठाकुर बराल र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width