लमजुङ, २३ माघ । सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रको कार्यकक्षमा अन्य दिनभन्दा बुधबार भिन्न दृश्य देखियो ।
कार्यालय समयमा मेयरको कार्यकक्षमा स्कूले विद्यार्थी खचाखच भरिए । ती विद्यार्थी कुनै माग लिएर आएको नभइ मेयरसँग साक्षात्कार तथा अन्तरक्रिया गर्न पुगेका हुन् । ती थिए, सयपत्री आवासीय माध्यमिक विद्यालयको कक्षा–६, ७, ८ र ९ का विद्यार्थी ।
‘हाम्रो सयपत्री राम्रो सयपत्री अभियान’मा जुटेको विद्यालय व्यवस्थापन समितिले विद्यार्थीका प्रतिभा निखार्न, उनीहरूलाई जिज्ञासु बनाउन, समाजका विविध परिवेशसँग परिचित गर्ने गराउने गरी आएको सो विद्यालयको सञ्चालक समिति अध्यक्ष विष्णकुमार श्रेष्ठले बताए ।
मेयर मिश्रसँग विद्यार्थी प्रत्यक्ष भेटघाट अन्तरक्रियामा विद्यार्थीको उत्साहजनक साथै सक्रिय सहभागी भए । उनीहरुले अनौठो अनुभूति गर्दै जिज्ञासु बनेर मेयरका कुरा ध्यानपूर्वक सुने ।
मेयर मिश्रले पनि आप्mनो जीवनको पहिलो अनुभव भएको बताउँदै भोलिका दिनमा आफू पनि सो विद्यालयमा आउने र गतिविधिबारे जानकारी लिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यार्थीले मेयर मिश्रसँग नगरपालिकाको शैक्षिक विकासको लागि विद्यार्थीको भूमिका के कस्तो हुनुपर्ने, नगरमा विद्यालय जानबाट वञ्चित विद्यार्थी के–कति छन् र तिनका लागि नगरपालिकाले के गर्दैछ, भन्ने प्रश्न गरेको कक्षा– ६ की कीर्तिका मिश्रले बताइन् ।
यसैगरी, नगरको शैक्षिक विकासका लागि नगरपालिकाको के कस्ता योजना छन्, नगरका बालबालिकाका समस्या कस्तो छ, सामुदायिक मावि सयपत्रीमा भौतिक शैक्षिक खानेपानी पुस्तकालय स्मार्ट शिक्षा, प्राविधिक शिक्षा अपा·मैत्री भवन खेलकुद विकासको लागि नगरपालिकाको कस्तो योजना छ भन्ने विषयमा मेयरलाई विद्यार्थीले प्रश्न गरेका थिए ।
त्यस्तै, नगरलाई शैक्षिक पर्यटनको विकास गर्न स्कूल र नगरपालिकाको भूमिकालगायत विषयमा करिब २ घण्टा भलाकुसारी गरिएको विद्यालय प्रिन्सिपल ज्ञानेन्द्र शर्माले बताए । उनका अनुसार यस्ता गतिविधिलाई भोलिका दिनमा पनि निरन्तरता दिइने छ ।
जिल्लामा गरिएको विद्यार्थीको मेयरसँगको भेटघाट कार्यक्रम यो पहिलो हो । सयपत्री आमाविमा नयाँ सञ्चालक समिति आएपछि विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा विशेष कार्य गर्दै आएको छ । विद्यालय शौचालयदेखि खेल मैदानसम्म नयाँ समितिले पुनःनिर्माण गरेको जनाएको छ ।
बोर्डिङका कोर्षको पढाइ हुने गरेको भए पनि सो विद्यालय सञ्चालन गुठिको मोडलमा रहेको प्रिन्सिपल शर्माले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव
यती एअर दुर्घटना: क्षतिपूर्ति हकदाबी गर्न आग्रह
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
जेठ २३, २०८०