मेयर सुन्न कार्यकक्षमा विद्यार्थी

Avatar नवराज पहाडी
माघ २४, २०७५
mayor janakraj mishra

लमजुङ, २३ माघ । सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रको कार्यकक्षमा अन्य दिनभन्दा बुधबार भिन्न दृश्य देखियो ।

कार्यालय समयमा मेयरको कार्यकक्षमा स्कूले विद्यार्थी खचाखच भरिए । ती विद्यार्थी कुनै माग लिएर आएको नभइ मेयरसँग साक्षात्कार तथा अन्तरक्रिया गर्न पुगेका हुन् । ती थिए, सयपत्री आवासीय माध्यमिक विद्यालयको कक्षा–६, ७, ८ र ९ का विद्यार्थी ।

‘हाम्रो सयपत्री राम्रो सयपत्री अभियान’मा जुटेको विद्यालय व्यवस्थापन समितिले विद्यार्थीका प्रतिभा निखार्न, उनीहरूलाई जिज्ञासु बनाउन, समाजका विविध परिवेशसँग परिचित गर्ने गराउने गरी आएको सो विद्यालयको सञ्चालक समिति अध्यक्ष विष्णकुमार श्रेष्ठले बताए ।

मेयर मिश्रसँग विद्यार्थी प्रत्यक्ष भेटघाट अन्तरक्रियामा विद्यार्थीको उत्साहजनक साथै सक्रिय सहभागी भए । उनीहरुले अनौठो अनुभूति गर्दै जिज्ञासु बनेर मेयरका कुरा ध्यानपूर्वक सुने ।

मेयर मिश्रले पनि आप्mनो जीवनको पहिलो अनुभव भएको बताउँदै भोलिका दिनमा आफू पनि सो विद्यालयमा आउने र गतिविधिबारे जानकारी लिने प्रतिबद्धता व्यक्त गरे ।

विद्यार्थीले मेयर मिश्रसँग नगरपालिकाको शैक्षिक विकासको लागि विद्यार्थीको भूमिका के कस्तो हुनुपर्ने, नगरमा विद्यालय जानबाट वञ्चित विद्यार्थी के–कति छन् र तिनका लागि नगरपालिकाले के गर्दैछ, भन्ने प्रश्न गरेको कक्षा– ६ की कीर्तिका मिश्रले बताइन् ।

यसैगरी, नगरको शैक्षिक विकासका लागि नगरपालिकाको के कस्ता योजना छन्, नगरका बालबालिकाका समस्या कस्तो छ, सामुदायिक मावि सयपत्रीमा भौतिक शैक्षिक खानेपानी पुस्तकालय स्मार्ट शिक्षा, प्राविधिक शिक्षा अपा·मैत्री भवन खेलकुद विकासको लागि नगरपालिकाको कस्तो योजना छ भन्ने विषयमा मेयरलाई विद्यार्थीले प्रश्न गरेका थिए ।

त्यस्तै, नगरलाई शैक्षिक पर्यटनको विकास गर्न स्कूल र नगरपालिकाको भूमिकालगायत विषयमा करिब २ घण्टा भलाकुसारी गरिएको विद्यालय प्रिन्सिपल ज्ञानेन्द्र शर्माले बताए । उनका अनुसार यस्ता गतिविधिलाई भोलिका दिनमा पनि निरन्तरता दिइने छ ।

जिल्लामा गरिएको विद्यार्थीको मेयरसँगको भेटघाट कार्यक्रम यो पहिलो हो । सयपत्री आमाविमा नयाँ सञ्चालक समिति आएपछि विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा विशेष कार्य गर्दै आएको छ । विद्यालय शौचालयदेखि खेल मैदानसम्म नयाँ समितिले पुनःनिर्माण गरेको जनाएको छ ।

बोर्डिङका कोर्षको पढाइ हुने गरेको भए पनि सो विद्यालय सञ्चालन गुठिको मोडलमा रहेको प्रिन्सिपल शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • फेवातालको क्षेत्रफल ११२५५ रोपनी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १३, २०७७
      पोखरा । नेपाल सरकारको मन्त्री परिषद् बैठकको निर्णय सँगै फेवातालको क्षेत्रफल बढ्ने भएको छ । हाल साढे ४ वर्ग किलोमिटर…
    • ग्रामीण क्षेत्रमा सडक कालोपत्रे   

      rss रासस फागुन १३, २०७७
      म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा…
    • नेपाल–भारत मैत्री संघको साधारण सभा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा, १२ फागुन । नेपाल–भारत मैत्री संघ कास्की शाखाको पाँचौं साधारण सभा भएको छ । संस्थाका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा…
    • सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      जाजरकाेट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष…
    • पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

      rss रासस फागुन ११, २०७७
      पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या…

    hero news full width

    sanil ads

    wordlink ads