यु–१८ टेनिसमा प्रिक्वाटरका खेल सम्पन्न

एजेन्सी
माघ २४, २०७५
tennis

पोखरा, २३ माघ । पोखरामा जारी यु–१८ डिभिजन–५ आइटीएफ टेनिस प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ प्रि–क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।

पुरुष एकलमा शीर्ष वरियताका खेलाडी फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले जर्मनका पउल अर्मिनलाई ७–५, ६–१ सेटमा पराजित गरे।

जापानका जेनी इनोउले प्रभावशाली खेल प्रस्तुत गर्दै भारतका अनमोल जैन पंकजलाई पराजित गरे। उनले जैनलाई ६–०, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।

भारतका अनुराग अग्रवालले जापानका ताकुमी वातानावेलाई ६–१, ६–२, भारतकै इशान सेठीले चाइनाका जिछुन लीलाई ६–४, ६–३, भारतकै दीपेन्द्र अग्रवालले कोरियाका जुविन किमलाई ६–३, ६–२, भारतकै उदयवीर सिंहले चाइनाका चेन लियाङलाई ६–१, ६–३, हङकङका केल लोल इन ताङ्ले भारतका आदित्य बरदान राय चौधरीलाई ६–१, ६–३, जापानका किजु मियाकेले भारतका जेराल यासिनलाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे।

महिला एकलतर्फ चाइनाकी ले यि लियुले भारतकी श्रृष्टि धीरलाई ६–२, ६–०, भारतकी रेन्नी सिंग्लाले नेपालकी अभिलाषा विष्टलाई ६–१, ६–२, भारतकै रिया बोभेजाले भारतकै अमिक किरन बाथलाई ६–३, ६–१, बुलगेरियाकी भिक्टोरिया भेलेभाले जापानकी जुलिया दैया बादेर्नलाई ६–३, ६–२, कोरियाकी जुमिन को’ले चाइनाकी जियु झाङ्लाई ६–३, ५–७ र ६–४, चाइनाकी इटोङ झाङले ताइवानकी लि सिन लिनलाई ६–२, ६–० तथा चाइनाकी जिछुवन जेङले श्रीलंकाकी अञ्जलिका कुरेरालाई ३–६, ६–२ र ६–४ ले पराजित गर्दै क्वाटरफाइनल पुगे ।

पुरुषको डबल्समा भारतका उदयवीर सिंह र फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाको जोडीले चाइनाका जिछुवान लि र चेन लियाङको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।

महिलातर्फ केरियाकी जुमिन कोङ र ताइवानकी लि सिन लिनको जोडीले नेपालका प्रेरणा कोइराला र सलोनी तामाङ जोडीमाथि ६–१, ३–६ र सुपरटाईमा १०–४ ले पराजित गर्दै अन्तिम चार पुगे।

यस्तै, चाइनाका युजुन लुओ र जियु झाङको जोडीले नेपालका एनी माथेमा र भारतका बन्हि पाञ्चालको जोडीलाई ६–२, ६–१ सेटमा पराजित गरे।

बिहीबार पुरुष तथा महिला एकलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेल हुने आइटीएफ प्रतिनिधि प्रविण नायकले जानकारी दिए।

अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी प्रतियोगिता फागुन ४ सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width