पोखरा, २३ माघ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले हरेक वर्ष वितरण गर्दै नासो विज्ञानमा महिला पुरस्कार २०१९ का लागि आवेदन खुला गरेको छ।
नासोले हरेक वर्ष दुई विधामा पुरस्कार वितरण गर्दै आएको छ।
उक्त पुरस्कारका लागि सहभागी हुन चाहने ईच्छुक व्यक्तिले यही फागुन १५, २०७५ सम्म अनलाइनमार्फत् आफ्नो पूर्ण विवरणसहितकोआवेदन दर्ता गर्न सक्ने नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
दुई विधामा प्रदान गरिने उक्त पुरस्कारमा व्यवसायिकतर्फ २५ हजार नगद्, प्रमाणपत्र तथा ट्रफी प्रदान रहेको छ।
यसैगरी, विधार्थीतर्फ १५ हजार नगद, प्रमाणपत्र तथा ट्रफी रहेको संस्थाले जनाएको छ।
संस्थाले सन् २०१७ बाट वार्षिक रुपमा पुरस्कार वितरण गर्दै आएकोमा यसभन्दा अगाडि नासो विज्ञानमा महिला पुरस्कार–२०१७ बाट विद्यार्थीतर्फ दिव्या घिमिरे र व्यावसायिकतर्फ प्रेणिता कार्की पुरस्कृत भइसकेका छन्। यस्तै, २०१८ मा विद्यार्थीतर्फ श्रीति श्रेष्ठ र व्यावसायिकतर्फ प्रोमिशा मिश्र पुरस्कृत भइसकेका छन्।
विज्ञानमा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल एस्ट्रोनोमिकल सोसाइटी अन्तर्गत रहेको ‘वुमन इन एस्ट्रोनोमी नेपाल’को अग्रसरतामा उक्त पुरस्कार सञ्चालन हुदै आइरहेको पुरस्कारका संस्थापक तथा कार्यक्रम को–अर्डिनेटर मनिषा द्वाले जानकारी दिइन्।
उक्त पुरस्कारका लागि आवेदन दर्ता गर्न वेवसाइटको लिंकबाट प्रकृया अगाडि बढाउन सक्ने द्वाले बताइन्। साथै, पुरस्कारबारेथप जानकारी चाहेमा संस्थाको वेवसाइट डब्लुडब्लुडब्लु डट नेपालएस्ट्रोनोमिकलसोसाइटी डट ओआरजी (www.nepalastronomicalsciety.orog) मा उपलब्ध हुने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७