पोखरा, २३ माघ । रूकुम पूर्वको सदरमुकाम कहाँ रहने भन्ने वारेमा विगत तीन दिनदेखि जिल्ला तनावमय भएको छ ।
देश संघीय सीमांकनमा गएपछि साविक राप्तीको अति दुर्गम एउटा पहाडी जिल्ला रूकुम टुक्रिएर रूकुम पूर्व र रुकुम पश्चिम कायम गरिएको थियो ।
पछिल्लो समय रूकुम पश्चिम प्रदेश नं. ६ मा पारिएको छ भने रूकुम पूर्व प्रदेश नं. ५ अन्तर्गत राखिएको छ। रुकुम पूर्व अर्थात ५ नं. प्रदेश अन्तर्गतको एउटा जिल्लामा सदरमुकाम कहाँ रहने भन्ने विषयको विवादले तनाव सृजना हुदा स्थानीय प्रशासनले कफर््यू जारी गरेको छ ।
सदरमुकामको विषयलाई लिएर स्थानीयको बीचमा झडपको स्थिति उत्पन्न हुँदा त्यहाँ तीन दिनदेखि स्थानीय प्रसाशनले अनिश्चितकालिन कर्फ्यू लगाउँदै आएको छ। चारदिनदेखि लगाइएको कफर््यू कहिले हट्छ भन्ने अझैं निश्चित हुन सकेको छैन।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले तनावपूर्ण स्थिति रहँदासम्म कर्फ्यू कायम रहने वताए । स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारी निर्णय कार्यान्यनको मागसहित गोल्खाडाबासी र त्यसका पक्षधरहरु एकातर्फ आन्दोलन गरिरहेका छन् भने माघ १५ गतेदेखि नै अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका वडा नं. ५ र ६ रुकुमकोट तथा त्यसका पक्षधर सदरमुका त्यही हुनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
रूकुमकोट पक्षधर संघर्ष समितिले संयोजक नन्दलाल शर्मालाई चयन गर्दै आन्दोलनमा होमिएको छ भने गोल्खाडा पक्षधर सरोकार समितिले संयोजक केशरमान रोकालाई बनाएर आन्दोलन गर्दै आएको छ।
हाल अस्थायी सदरमुकाम रहेकै ठाउँमा सदरमुकाम कायम हुनुपर्ने र सरकारको निर्णय कार्यान्वय हुनुपर्ने माग गर्दै गोल्खाडाबासी छुट्टा छुट्टै आन्दोलन तथा प्रदर्शनमा उत्रिँदा झडपको स्थिति उत्पन्न भएपछि त्यो रोक्न अनिश्चितकालिन कर्फ्यू लगाउनु परेको प्रजिअ शर्माले बताए।
२०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका वडा नं. –१२, गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापैरा खोला, पश्चिममा सिस्ने गाउँपालिका–५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ को रूकुमगाडहुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने–५ को रुमालबारा हुँदै सहिदपार्कसम्म अनिश्चित कालिन कर्फ्यू आदेश जारी गरिएको प्रजिश शर्माले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
म्याग्दी अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा वडा विभाजन गर्ने प्रस्ताव पेस
पाेखराकाे संगम टोलमा चौतर्फी गेट
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो
कुमाल बस्तीमा सुरु भयो उपचार
सिद्धार्थ राजमार्ग अब आर्थिक कोरिडोर
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७