पोखरा, २२ माघ । गण्डकी मेडिकल कलेजद्वारा सञ्चालित अस्पतालमा विद्यार्थीले तालाबन्दी गरिदिएका छन्।
मनपरी शुल्क असुलेको आरोपसहित रकम फिर्ता गर्न माग गर्दै उनीहरुले मंगलबार नयाँबजारस्थित अस्पतालको ओपीडी कक्ष र मेडिकल सुपरिटेण्डेन्टको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
एक सातादेखि चरणबद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीले आफ्ना माग सुनुवाइ नभएको भन्दै विज्ञप्ति निकालेर तालाबन्दी गरिदिएका हुन्। यसअघि रिठ्ठेपानीमा रहेको कलेजमा पनि तालाबन्दी गरेका थिए।
‘शीर्षकबिना शिक्षाको नाममा विद्यार्थीसँग लाखौं रकम असुल गर्दै आएको छ। यसबारे विद्यार्थीले बारम्बार आफ्ना कुरा राखिरहँदा पनि समस्या समाधानमा गम्भीर बनेन,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा माग पूरा नभएसम्म ताला खुल्दैन। विद्यार्थीको सहमति बेगर ताला खोलेमा त्यसको नोक्सान कलेज प्रशासन आफैले ब्यहोर्नुपनेर्छ।’
उनीहरुले अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने र विद्यार्थीले तिरेको सम्पूर्ण रकमको विल तत्काल उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
विद्यार्थीको मागबारे मंगलबार कलेजको बोर्ड बैठक बसेको थियो। बैठकले विद्यार्थीको माग सम्बोधन हुने खालका निर्णय नगरेकोले तालाबन्दी गर्नुपरेको उनीहरु बताउँछन्। ‘पहिले लिएको अतिरिक्त शुल्कबारे छानबिन गरी बढी शुल्क फिर्ता गर्नुपर्ने हाम्रो मुख्य माग हो। त्यही बुँदामा सहमति हुन सकेन,’ एक विद्यार्थीले भने, ‘बोर्डले गरेको प्रस्तावमा हाम्रो माग सम्बोधन हुँदैन। बढी शुल्क फिर्ता गर्ने बुँदा नभएकोले विद्यार्थीले स्वीकार गरेनन्। आन्दोलन निरन्तर छ।’
कलेज प्रशासनले मंगलबार बिहान ११ बजे वार्ता गर्न विद्यार्थीलाई बोलाएको थियो। तर कलेज प्रशासनको प्रतिनिधि नै उपस्थित नभएपछि बैठक बस्न सकेन। कलेजमा भएको आन्दोलन र अतिरिक्त शुल्कबारे चिकित्सा शास्त्र अध्ययन संस्थानले पनि ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार कलेजको नाममा पत्र लेखेर संस्थानले तत्काल पठनपाठन सुचारु गर्न र सरकारले तोके अनुसारकै शुल्क लिन निदेर्शन गरेको हो। ‘त्रिभुवन विश्वविद्यालयले तोकेको शिक्षण शुल्कभन्दा अतिरिक्त रकम माग गरेको कारण देखाइ केही दिनदेखि कलेज बन्द गरि हड्तालमा उत्रेको भन्ने जानकारी प्राप्त हुन आएको छ। सो सम्बन्धमा यथार्थ जानकारी यथाशक्य छिटो उपलब्ध गरार्यदिन अनुरोध गर्दछु,’ सहायक डीन प्राडा राजेन्द्रप्रसाद गुरागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले तोकेअनुसार नै शुल्क लिने व्यवस्था गर्न र विद्यार्थीको पठनपाठन सुचारु हुने व्यवस्था गर्न अनुरोध गर्दछु।’
कलेजका अध्यक्ष खुमाप्रसाद अर्याल चाहीँ अहिलेको समस्या बोर्डले नभई टियुले टुंगाउनुपर्ने बताउँछन्। ‘जिल्ला प्रशासन बोलेर पनि हुँदैन। डीन कार्यालयले बोलेर पनि हुँदैन। यो निर्णय गर्ने भिसीले हो,’ उनले भने, ‘कार्यकारीले गरेको निर्णय हामी मान्छौं। विद्यार्थीका माग र कलेजका कागजात पनि संस्थानमा पठाउन भनेको छु।’ कलेजमा हुने खर्चका आधारमा नियम अनुसार नै विद्यार्थीसँग शुल्क लिएको उनको दाबी छ। ‘विद्यार्थीले गर्ने खर्चको आधारमा शुल्क लिएको हो। आन्दोलन गरेर केही हुनेवाला छैन,’ उनले भने, ‘हामी नियमानुसार चलेका छौं। गल्ती भए टियूले छानबिन गरेर कारबाही गर्छ।’
कलेजले प्रतिविद्यार्थी हरेक वर्ष १ देखि ३ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीले आरोप लगाएका छन्।
नर्सिङततर्फ आईओएमले ४ वर्षका लागि ७ लाख ४८ हजार र एमबीबीएसतर्फ ५ वर्षका लागि ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ। तर कलेजले आईओएमको मापदण्डभन्दा ५ देखि १५ लाख रुपैयाँ बढी रकम मागेको उनीहरुले बताए।
Related News
सम्बन्धित समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
hero news full width
मुख्य समाचार
न्युरोडको जग्गा सम्याइँदै
अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
असार २०, २०७९तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९