पोखरा, २२ माघ । तनहुँको देवघाटधाममा ‘देवघाटधाम विराट् ज्ञानमहायज्ञ–२०७५’ अन्तर्गत ज्ञानसभा सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सो महायज्ञ मंगलबार उद्घाटन गरिन् ।
महेश सन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलको रजतवर्ष महोत्सव एवं सन्तशिरोमणि ब्रह्मलीन डा स्वामी रामानन्द गिरिजी महाराजको पावन स्मृतिमा आयोजित महायज्ञ फागुन १ गतेसम्म चल्नेछ ।
महायज्ञअन्तर्गत २० गते शोभायात्रा, २१ गते बृहत् धार्मिक सांस्कृतिक महोत्सव सम्पन्न भएको थियो भने मंगलबार बिहान कलशयात्रा सम्पन्न भई राष्ट्रपतिद्वारा उद्घाटन भएर ज्ञानसभा सम्पन्न भएको हो । महायज्ञ उद्घाटन अवसरमा आयोजित ज्ञानसभामा देवघाटधामका विभिन्न सन्तमहात्माहरूले सम्बोधन गरेका थिए । राष्ट्रपति भण्डारीले संस्कृत शिक्षा र वैदिक संस्कृति अनादि र वैज्ञानिक रहेकोले यसको जगेर्ना गर्नुपर्ने बताइन् ।
यस्तै, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरिजी महाराजले भने, ‘संस्कृत शिक्षाबाट बीचमा अलि विचलित भएको समाज अब पुनः आफ्नै स्वरूपमा फर्किनेछ । आजसम्म भएका गल्ती सच्याउँदै अब समुदायले संस्कृतलाई पुनः आत्मसात गर्नुपर्नेछ ।’
कार्यक्रममा राष्ट्रियता र राष्ट्रिय संस्कृतिबारे चिन्ता र चासो सबै वक्ताहरूले व्यक्त गरे । यस्तै राष्ट्रमा गुरुकुलीय शिक्षाको प्रवद्र्धन गर्नाले नैतिक समाजको निर्माण हुने विषयमा जोड दिइयो ।
महायज्ञमा देशका विभिन्न क्षेत्रहरूबाट मान्छेहरूको आउने क्रम बाक्लिएको छ । २ हजार ५ सयभन्दा बढी भक्तजन आवासीय रूपमा नै गुरुकुलमा बसिरहेका छन् । बुधबारदेखि महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरिजी महाराजले श्रीमद्भागवतको कथा प्रवचन गर्ने कार्यक्रम छ ।
महायज्ञमा चारै वेद, विभिन्न पूराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्ष्यहवन गरिने महायज्ञ मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताए। महायज्ञ प्रचारप्रसार समितिका संयोजक टंकनाथ पौडेलका अनुसार महायज्ञका लागि १००८ स्वामी रमणानन्द गिरीको अध्यक्षतामा एक हजार आठ सदस्यीय आयोजक मूल समारोह समितिसमेत गठन गरिएको छ। यस्तै ६० जिल्लामा उपसमिति गठन गरी प्रचारप्रसारलाई व्यापक बनाइएको छ।
महायज्ञ मूल आयोजक समितिका सचिव ध्रुव अधिकारीका अनुसार वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण र संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०५० मा स्थापना भएको गुरुकूलमा महायज्ञ आयोजना गरिएको हो ।
सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले ३ सय जना विद्यार्थी अध्ययनरत छन्। यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना गरेको थियो।
Related News
सम्बन्धित समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
hero news full width
मुख्य समाचार
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७