हेमजा, २२ माघ। भवानी घिमिरे साहित्यिक प्रतिष्ठानको आयोजनामा झापामा मितेरी साहित्यिक सम्मेलन सम्पन्न भएको छ।
सम्मेलन उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको राजनैतिक परिवर्तनमा साहित्यिक आन्दोलनको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै लेखक साहित्यकारले नेपालको विविधतालाई समेट्ने गरी साहित्य सिर्जना गर्नुपनेर्मा जोड दिए।
राईले नेपालका साहित्यकार, कलाकार, पत्रकार एक ठाउँमा उभिई मुलुकको समृद्वितर्फ लाग्नुपर्ने जनाउँदै अन्तराष्ट्रियस्तरको सम्मेलन आफ्नो प्रदेशमा गरिएकोमा खुसी पनि व्यक्त गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा सबै नेपालीको साझा पहिचानको भाषा भएको औँल्याउँदै नेपाली भाषाको संरक्षणका निम्ति पत्रकार समेत रहेका साहित्यकार स्व. भवानी घिमिरेले खेलेको भूमिका चिरस्थायी रहने बताए ।
कार्यक्रममा प्राज्ञ कलाकार पवन राजवंशी, विर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटी, फाल्गुनन्द स्मृति प्रतिष्ठानका शेरबहादुर इङग्राम, नेपाली साहित्य विकास समिति मेचीका सचिव चन्द्र भण्डारी, नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, सांसद राम कार्की, संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी लगायतले पनि धारणा राखेका थिए।
पहिलो दिन प्राडा ताराकान्त पाण्डेयले नेपाली कवितामा गणतान्त्रिक चेतना, डा रामप्रसाद ज्ञवालीले नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको विकास र विस्तारमा भवानी घिमिरेको योगदान तथा नवीन पौड्यालले नेपाली भाषाको भारतीय साहित्यः समकालीन अध्ययनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि चिन्तामणि दाहाल, रत्नमणि नेपाल र योगेश खातीले टिप्पणी गरेका थिए।
दोस्रो दिन १२ जना साहित्यकारले अबको नेपाली साहित्यका बारेमा धारणा राखेका थिए।
पृथ्वीनारायण क्याम्पस नेपाली शिक्षा विभागका विभागीय प्रमुख प्राडा रामचन्द्र पोखरेलले अबको साहित्य जीवनवादी, राष्ट्रवादी, शास्वत, प्रकृतिपरक हुनुपर्ने चर्चा गर्दै नेपालको जल, जमिन र जडिबुटीलाई पनि साहित्यले समेट्पर्ने जनाए। सोही दिन काव्य गोष्ठी र कृति विमोचन पनि गरिएको थियो।
सम्मेलनमा पोखराबाट प्राडा रामचन्द्र पोखरेलको नेतृत्वमा सह–प्राध्यापक डा नरहरि उपाध्याय गौतम, जुनियर सिटिजन्स एकेडेमी लेखनाथका ऐकेडेमिक डीन सुन्दर मानन्धर तथा पत्रकार श्रीभद्र पौडेलको टोली सहभागी थियो ।
काठमाडौंबाट कृष्ण धारावासीको नेतृत्वमा साहित्यकारको टोली झापा पुगेको थियो भने नेपालका विभिन्न ठाउँका अलावा दार्जलिङ, सिक्किम, आसाम, कलकत्ताका साहित्यकारको पनि सम्मेलनमा सहभागिता थियो।
नेपाली भाषा र साहित्यको आन्दोलनमा ६ दशक सक्रियताका साथ व्यथित गरी दिवंगत भएका साहित्यिक तथा पत्रकार भवानी घिमिरेको सम्मान तथा योगदानको कदर स्वरुप प्रतिष्ठान स्थापना गरिएको हो।उनी भानु पत्रिकाका सम्पादक थिए। उनले भद्रपुरमा रहेर नेपाल तथा भारतका नेपाली भाषी लेखक, कविका बीच सेतुको काम गरेका थिए।सडक कविता क्रान्ति र भोक कविता आन्दोलन जस्ता ऐतिहासिक साहित्यिक आन्दोलनमा घिमिरेलाई नेपालको इतिहासले सम्झी रहने गरेको छ।
प्रतिष्ठान अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष कृष्ण धरावासीले स्वागत, सदस्य धर्मशिला चापागाईले धन्यवाद ज्ञापन र सदस्य सचिव नरेश रेग्मीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
hero news full width
मुख्य समाचार
न्युरोडको जग्गा सम्याइँदै
अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
असार २०, २०७९तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९