गोर्खा राइफल्स नाघुनको पुनर्मिलन

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
माघ २३, २०७५
Gorkha raifal

पोखरा, २२ माघ।  ६/८ गोर्खा राइफल्स नाघुनले आफ्नो ७१ आँै जन्मोत्सव मनाएको छ। जन्मोत्सव अवसरमा पोखरामा आयोजित पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै डा मेजर शिवप्रताप सिंहले भूपू सैनिकहरुले अवकाशपछि पनि स्वास्थ्य उपचार नेपालमै निःशुल्क गर्न सकिने बताए।

उनले छोराछोरीलाई कक्षा १ देखि १२ कक्षासम्म पढाइमा सुलभ गरिएको बताउँदै भारतीय सेनामा भर्ति हँदा डकुमेन्टेसनमा गल्ती भए अवकाश र मृत्युपछि सेवा सुविधा दाबी गर्न गाह्रो हुने भएकोले समयमै सचेत हुन आग्रह गरे। कार्यक्रममा संस्थाका सल्लाहकार सु. दुर्गाबहादुर गुरुङ, डिएसपी क्याप्टेन जुद्धबहादुर गुरुङ र रामकाजी गुरुङ लगायतले बोलेका थिए। त्यस अवसरमा कार्यक्रमलाई  ५० हजार रुपैयाँ नगद सहयोग गर्ने लक्ष्मी खत्री थापा र हालै ६/८ गोर्खा राइफल्सको सुवेदार मेजर पदमा बढुवा भएकी इन्द्रकुमारी गुरुङलाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष क्या. इन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष क्याप्टेन गिरिमान गुरुङले स्वागत र संस्थाका सचिव क्याप्टेन कृष्ण घलेले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…
  • नेरेसो उपशाखा ८ को सभा

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ । सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस…
  • रैथाने अन्नबाली खान जोड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । ताओ एसोसिएसन पोखराले दीर्घरोग र यसको व्यवस्थापनमा रैथाने अन्नबालीको उपयोगबारे अन्तक्र्रिया गरेको छ । कार्यक्रममा डा. सुधाश्री अधिकारी…
  • कालिका क्याम्पस अध्यक्षमा किरण केसी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजीपोखरीको संचालक समिति अध्यक्षमा किरण केसी निर्वाचित भएका छन् । युवा व्यवसायी केसी यसअघि…

hero news full width