नेविंघ अध्यक्ष महरसहित सात पक्राउ

rss रासस
माघ २२, २०७५
student 3

काठमाडौँ, २२ माघ । प्रहरीले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ ।

पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै मंगलवार काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसंघका उपाध्यक्ष नवीन राई, नेविसंघ नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जीव खड्का, सागर पाण्डे र शङ्कर खड्का रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads