काठमाडौँ, २२ माघ । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सोमबार सरकारले लागू गरेको श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी सोको कार्यान्वयन गर्ने विषयबाहेक राष्ट्रिय मिडियाका श्रमजीवी कामदार कर्मचारी र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको समेत न्यूनतम पारिश्रमिक निर्धारण गरी कार्यान्वयन गर्ने सम्बन्धी काम कारवाही प्रचलित कानूनी व्यवस्थाको सन्दर्भमा विचारणीय देखिएको छ ।’
इमेज च्यानल प्रालिका मोहनचन्द्र सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विरुद्ध श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यमका काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदनमा कानूनी प्रावधानानुसार नेपाल सरकारले श्रमजीवी पत्रकारको मात्र न्यूनतम पारिश्रमिक निर्धारण गर्नसक्ने तर अन्य कामदार कर्मचारीको पारिश्रमिक निर्धारण गर्ने अधिकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नभएको उल्लेख गरिएको थियो ।
पत्रकारको न्यूनतम पारिश्रमिकबारे २०७५ असोज ३० गते राजपत्रमा प्रकाशन भइसकेको छ । राजपत्रमा ’सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गरी कात्तिक १ गतेदेखि लागू गर्न भनिएको थियो । आदेशमा निवेदनको अन्तिम किनारा नलागेसम्म सो निर्णय कार्यान्वयन नगर्नर नगराउन भनिएको छ ।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९