पोखरा, २२ माघ । नेपाल टेलिकमको १५ वार्षिकोत्सवका अवसरमा दूरसञ्चार कार्यालय गल्याङले गल्याङ बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरेको छ ।
क्याम्पस प्राङ्गणमा मंगलवार आयोजित कार्यक्रममा दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले निःशुल्क छात्रवृत्ति बापतको रकम प्रदान गरेका छन् । एक जना गरिब तथा जेहनदार विद्यार्थीले एक वर्षसम्म उक्त क्याम्पसमा अध्ययन गरेको सम्पूर्ण शुल्क सोही छात्रवृत्ति अन्तर्गत रहनेछ ।
आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसक्ने गरिब तथा जेहनदार विद्यार्थीले आफ्नो अध्ययन राम्रोसँग सम्पन्न गरुन भन्ने उद्देश्यले निःशुल्क छात्रवृत्ति प्रदान गरिएको टेलिकम कार्यालय प्रमुख रामराज उपाध्यायले बताए ।
आगामी वर्षहरुमा समेत यस्तै किसिमको छात्रवृत्ति लाई निरन्तरता दिने अठोट गरे । छात्रवृत्ति बापतको रकम ग्रहण गर्दै गल्याङ बहुमुखि क्याम्पसका प्रमखु बालकृष्ण चापागाईले क्यापसमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीको छनौट गरी उक्त छात्रवृत्ति उपलब्ध गराइने बताए ।
कार्यक्रममा नेपाल टेलिकम बाहेक अन्य व्यक्ति तथा संस्थाले समेत छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता प्रकट गरेका छन् । यसरी प्रतिबद्धता प्रकट गर्नेहरुमा गल्याङ बहुमुखि क्याम्पसकै प्रमुख बालकृष्ण चापागाई, प्राइम कमर्शियल बैंक मिर्मि शाखाका प्रबन्धक लोक बहादुर कुँवर, गल्याङ बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ओम बहादुर थापा र गल्याङ हार्डवेयर एण्ड ट्रेडर्सका प्रोर्पाइटर राजीव खनाल छन् ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१