दश प्रतिशत सेवा शुल्क खारेज बिरोधमा पोखराका मजदूर आन्दोलित

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
01

पोखरा, २२ माघ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) ले ग्राहकबाट लिदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेको विरोधमा पोखराका मजदूर आन्दोलित भएका छन् ।

उनीहरुले मंगलबार दिउँसो विभिन्न नाराबाजी गर्दै पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा जुलुस निकालेका हुन् । प्लेकार्ड बोकेका सयौं मजदुरले रेवानको निर्णय खारेज गर, १० प्रतिशत सेवा शुल्क कायम छ, मजदूर मारा रेवान मुर्दावाद, राज्यले निर्धारण गरेका सम्पूर्ण सेवा सुविधा लागू गर भन्दै नारावाजी गरेका थिए ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेष्ट मजदूर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघसँग आवद्ध मजदूर जुलुसका सहभागी थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), श्रम नियमावली अनुसार होटल तथा रेष्टुराँमा १० प्रतिशत सेवा शुल्क लगाउने सहमतिअनुरुप आइएलओ तथा राज्यको कानुन अनुसार स्थापित भएको विषयमा रेवानले एकतर्फी रुपमा हटाएर ठूलो गल्ती गरेको भन्दै सच्चाउन मजदुरहरुले माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • शान्ति श्रीसको ‘जाम हिँड साइँली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । गायिका शान्ति श्रीस मगरको ‘जाम हिँड साइँली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत् सार्वजनिक भएको गीतमा…
  • लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा…
  • पोखरा–२९ मा टोलस्तरीय खेलकुद कप सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    लेखनाथ । पोखरा–२९ भण्डारढिकमा टोलस्तरीय फुटबल प्रतियोगिता ‘वडास्तरीय खेलकुद कप २०८०’ शनिबारबाट सुरु भएको छ । पोखरा २९ द्वारा आयोजित…
  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…

hero news full width