दश प्रतिशत सेवा शुल्क खारेज बिरोधमा पोखराका मजदूर आन्दोलित

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
01

पोखरा, २२ माघ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) ले ग्राहकबाट लिदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेको विरोधमा पोखराका मजदूर आन्दोलित भएका छन् ।

उनीहरुले मंगलबार दिउँसो विभिन्न नाराबाजी गर्दै पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा जुलुस निकालेका हुन् । प्लेकार्ड बोकेका सयौं मजदुरले रेवानको निर्णय खारेज गर, १० प्रतिशत सेवा शुल्क कायम छ, मजदूर मारा रेवान मुर्दावाद, राज्यले निर्धारण गरेका सम्पूर्ण सेवा सुविधा लागू गर भन्दै नारावाजी गरेका थिए ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेष्ट मजदूर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघसँग आवद्ध मजदूर जुलुसका सहभागी थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), श्रम नियमावली अनुसार होटल तथा रेष्टुराँमा १० प्रतिशत सेवा शुल्क लगाउने सहमतिअनुरुप आइएलओ तथा राज्यको कानुन अनुसार स्थापित भएको विषयमा रेवानले एकतर्फी रुपमा हटाएर ठूलो गल्ती गरेको भन्दै सच्चाउन मजदुरहरुले माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

    • प्रदेश नीति तथा योजना आयोगमा तनहुुँका काफ्ले

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले…
    • सम्पादकीयः परीक्षामा पोखरेल सरकार

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      विभिन्न आशंकाबीच प्रदेशको सत्तामा पुगेको गण्डकी सरकारले सहजै विश्वासको मत पाएको छ । विश्वासको मतले प्रारम्भिक परीक्षा त मुख्यमन्त्री कृष्णचन्द्र…
    • मेम्फिस डिपाए बार्सिलोना अनुबन्ध

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । स्पेनिस क्लब बार्सिलोनाले डच फरवार्ड मेम्फिस डिपाएलाई अनुबन्ध गरेको छ । फ्रेन्च क्लब लियोनबाट २७ वर्षीय फरवार्डलाई फ्रि…
    • लकडाउनको विवाह

      रासस असार ६, २०७८
      किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् । धर्मदेवीको…
    • कोभिडविरुद्धको खोपलाई पहिलो प्राथमिकता : मन्त्री आचार्य

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      लेखनाथ । गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । संवृृद्धि कृषि बचत…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग