चितवन, २२ माघ । किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् ।
पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका छन् ।
आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि खैरहनी नगपालिका–१ ज्यामिरेका इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल, नवराज भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेतीमा ट्याक्टर लगाएका हुन् । केही दिनअघि सोही नगरपालिका–६ तुलसीपुरका कृषक पुरन महतोले बन्दा जोतेर नष्ट गरेका थिए ।
कृषक नवराज भुसालले चार किसानले २४ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको बताए। बन्दा प्रति किलोग्राम एक रुपैयाँमा पनि बिक्री नभएपछि ट्याक्टर लगाएर नष्ट गरेको उनले बताए ।
भुसालले १० कट्ठामा लगाएको बन्दामध्ये सात कट्ठाको जेनतेन बिक्री भए पनि तीन कट्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेपछि ट्याक्टर लगाएका हुन् । यसैगरी इन्दिराले छ कट्ठा, सूर्यप्रसादको चार कट्ठा र कृष्णको ११ कट्ठामा लगाएको बन्दाकोभी ट्याक्टर लगाएर नष्ट गरेका छन् ।
बजारमा बन्दाकोभीको मूल्य प्रतिकेजी बीस रुपैयाँको हाराहारी भए पनि धेरै उत्पादन भएपछि कृषकको तरकारी नउठेको हो । सो क्षेत्रका तरकारी किसानको संस्था ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुसालका अनुसार ३६५ कृषक सहकारीमा आबद्ध भएर तरकारी खेती गर्दै आएका छन् ।
उनका अनुसार १२ बिघा जतिमा लगाएको बन्दा नष्ट गरिसकिएको छ । अझै ६० बिघा जतिमा बन्दा रहेको उनले बताए । गत वर्ष त्यस सहकारीका सदस्यले एक करोड रुपैयाँको बन्दा बिक्री गरेको भुसालले जानकारी दिए ।
सो क्षेत्रमा लगाइएको बन्दासँगै मुला, भेन्टा, केराउलगायतले पनि मूल्य नपाएको उनले जानकारी दिए । त्यहाँका कृषकले झण्डै तीन सय बिघामा तरकारी खेती गरेका छन् । खेती गर्दा खर्च बढी हुने तर मूल्य नपाएर जोत्नु पर्दाको पीडा किसानले व्यहोरिरहनुपरेको भुसालले बताए ।
– नारायण अधिकारी
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७