हेमजा, २१ माघ। अन्नपूर्ण गाउँपालिका–१ स्थित सपोर्ट नेपालको प्रथम साधारणसभा तथा अधिवेशनले उद्ववराज सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनले उपाध्यक्षमा दामोदर सुवेदी, सचिवमा शिवहरि सुवेदी, सहसचिवमा विराज सुवेदी, कोषाध्यक्षमा अञ्जु अर्याल तथा सदस्यमा सविना पौडेल सुवेदी, जगत पौडेल, गौतम सुवेदी क्षेत्री, तारा सुवेदी पौडेल, सुस्मिता परियार र मिलन सुवेदीलाई छनोट गरेको छ। अनन्तनाथ सुवेदी संयोजक तथा अनुप पौडेल र निर्मल देवकोटा सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो।
अधिवेशन उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले स्थापनाकाल देखिनै संस्थाले सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको जनाउँदै संस्थाले सधै आफ्नो नाम जस्तै काम गर्नुपर्ने औँल्याइन्।संस्थालाई गाउँपालिकाभरिकै नमूना बनाउन सबै सरोकारवाला चनाखो बन्नुपर्ने उनको भनाइ थियो।
त्यस अवसरमा नेकपाका गाउँपालिका संयन्त्र सदस्य गोविन्दप्रसाद अधिकारी, नेपाली काँग्रेसका प्रतिनिधि इन्द्रप्रसाद सुवेदी, वडा ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, गाउँकार्यपालिका सदस्यद्वय गंगा कुँवर र भगवती भण्डारी, नागडाँडा बहुउद्देश्यीय सिकाइ केन्द्रका अध्यक्ष अनन्तनाथ सुवेदी, अनुपम युवा क्लबका कावा अध्यक्ष चन्द्रमोहन सुवेदी, श्रीकृष्ण आमा समूहकी भूमिकला सुवेदी, रेडक्रस ढिकुरपोखरी उपशाखा सभापति मुक्तिराम भण्डारी, राजमल्ल अर्गानिक कृषि समूहका भरतप्रसाद दाहाल, वनपाले वनका एकबहादुर कुँवर लगायतले शुभकामना व्यक्त गर्दै संस्थाले सामाजिक सेवामूलक कार्यहरु गर्दै आएको जनाएका थिए।
कार्यक्रमबीच संस्थाका अध्यक्ष उद्ववराज सुवेदीले प्रस्तुत गरेको वार्षिक योजना सहितको विधान संशोधनका बुँदा समेटिएको प्रस्ताव, सचिव शिवहरि सुवेदीबाट प्रस्तुत प्रगति प्रतिवेदन एवम् कोषाध्यक्ष अञ्जु अर्यालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल गरि अनुमोदन गरिएको थियो।त्यसैगरी आजीवन सदस्यताको प्रमाणपत्र वितरण पनि गरिएको थियो।
संस्थाका अध्यक्ष सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य दामोदर सुवेदीले स्वागत तथा सचिव शिवहरी सुवेदीले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९