पोखरा, २१ माघ। स्याङ्जा वालिङस्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण खांण निर्वाचित भएका छन्। लिमिटेडको नवौं वार्षिक साधारण सभाले खांणलाई अध्यक्षमा चयन गरेको हो।
सभाले चार वर्षको लागि संस्थापक समूहका शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नित्यानन्द तिवारी, सन्तोष श्रेष्ठ, कृष्णकाजी के.सी. र कृष्ण खाणलाई निर्विरोध निर्वाचित गरेको हो। निर्वाचन पश्चात सञ्चालक समितिको तर्फबाट आगामी कार्यकालको लागि सर्वसम्मत रूपमा कृष्ण खाणलाई अध्यक्ष पदमा चयन गरेको छ।वासुदेब पौडेलको अध्यक्षतामा सम्पन्न सभाले संस्थाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रदिवेदनहरू उपर छलफल गरी सामान्य एवं विशेष प्रस्तावहरू पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बोहोराले बताए।
सञ्चालक समितिले प्रस्ताव गरेअनुरूप चुक्ता पुँजीको १० करोडको ८ प्रतिशतका दरले हुने बोनस शेयर तथा नगद लाभांश गरि कुल ८४ लाख २१ हजार ५३ रूपैयाँ बोनस शेयर तथा नगद लाभांश पारित गरेको छ।
उक्त बोनस शेयर पश्चात कायम रहने चुक्ता पुँजीको पचहत्तर प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने र सोही अनुसार जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ। हकप्रद शेयर पश्चात संस्थाको चुक्ता पूँजी १८ करोड ९० लाख पुग्ने बताइएको छ।
कालिका लघुवित्तले पौष मसान्त सम्ममा अधिराज्यका २५ जिल्लामा ७० वटा शाखा विस्तार सहित ३३ हजार सदस्यबाट ६० करोड निक्षेप संकलन गरि कुल १ अर्ब ५३ करोड कर्जा लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बोहोराले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१