अनलाइन संचार माध्यमलाई व्यवस्थित गर्न सुझाव

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
online photo online photo

पोखरा २१, माघ । पछिल्लो समय अनलाइन संचार माध्यमको संख्या उल्लेख्य मात्रामा वढिरहेका बेला त्यस्ता संचारमाध्यमलाई व्यवस्थित बनाउन आवश्यक देखिएका एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

पोखरामा सम्पन्न पोखरा न्यूज डट कमको पाँचौं बार्षिकोत्सवका अवसरमा सहभागी वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

अनलाईन संचार माध्यमले छिटोछरितो समाचार दिने क्रममा गलत समाचार दिने हुदा त्यसतर्फ ध्यान दिन सहभागीले आग्रह गरेका थिए । प्रविधिको बिकाससंगै पछिल्लो क्रममा अनलाइन संचार माध्यमले फड्को मारेको उल्लेख गर्दै बक्ताहरुले लुकिछिपी अबैधानिक तवरले संचालन भएका केहि अनलाइनहरुले विकृति फैलाएको प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रमका बरिष्ठ अतिथि गण्डकी प्रदेशका सांसद राजीव पहारीले पछिल्लो समय समाजमा नकरात्मक समाचारले प्रसय पाएको बताए ।

गण्डकी प्रदेशका सांसद रामजी बराल (जिवन)ले अनलाइनहरुमा पछिल्लो समयमा विकृति देखिएकोमा चिन्त्ता व्यत्त गर्दै यसलाई समयमै व्यबस्थित गर्नु पर्नेमा जोड दिए । गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले पत्रकारले कसैको बारेमा लेख्दा कम्तिमा सम्बन्धित व्यक्तिको पनि भनाई लिएर समाचारलाई सन्तुलनमा राख्नु पर्नेमा जोड दिए ।

पोखरा न्यूज डट कमका प्रकाशक ÷सम्पादक गणेश बरालले अनलाइनको भविष्य राम्रो रहेको उल्लेख गर्दै बर्तमान समय भने कठिन रहेको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width