पोखरा, २१ माघ ः अर्थमन्त्री डा. युवराज खतिवडाले मुस्ताङ जिल्लाको कोरला नाकालाई छिटो सञ्चालन गर्न चीनसँग आग्रह गरेका छन्।
भारत र चीन जोड्ने नेपालको छोटो मार्ग मुस्ताङको कोरला नाकामा चीन तर्फका व्यापारिक संरचनाहरु निर्माण भइसकेको भएपनि नेपाल तर्फ बाँकी नै रहेको स्मरण गराउँदै उनले छिटो सञ्चालनमा ल्याउन आग्रह गरेका हुन् ।
चिनियाँ राजदूत होउ यान्छिसँगको भेटमा मन्त्री खतिवडाले यो नाका सञ्चालनमा आएसँगै त्रिदेशीय व्यापारमा सहज हुने बताए। उनले दुई देशबीचमा हुने व्यापारलाई औपचारिक रुपमा रुपान्तरण गर्न पनि जोड दिए।
अर्थमन्त्री डा. खतिवडाले चीनसँग सीमा जोडिएका ब्यापारिक नाका सञ्चालनमा आएमा नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताए। संविधान कार्यान्वयन गर्दै आर्थिक विकास र समृद्धिमा अघि बढेकोले उत्तरी सिमा नाकाहरु संचालनमा आए पूर्वाधार निर्माणमा सहज हुने उनको भनाइ थियो।
उनले दुबै देशका आपसी पारस्परिक व्यापारिक सम्झौताहरुलाई समय सापेक्ष परिमार्जन र सुधार गर्न आवश्यक भएको भनाई राखे। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा भएका बिआरआई अन्तर्गतका केही आयोजनाहरु तयारी गरिएको विषय चीन सरकारलाई स्मरण गराए।
उनले भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न लामो समयदेखि थाँती रहेको चिनियाँ बैंकका शाखा नेपालमा विस्तार गर्न आवश्यक भएको बताए। पूर्वाधार तथा अन्तरदेशीय सडक सञ्जाल विकास गरी दुबै देशको व्यापार र पर्यटनमा सहयोग हुने मन्त्री खतिवडडको विश्वास थियो ।
भेटमा चिनियाँ राजदूत हो यान्छिले नेपालमा स्थिर सरकार भएकाले दुबै देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै पारस्परिक हित अभिबृद्धिबाट नेपालमा विकासले गति लिने विश्वास व्यक्त गरिन्। राजदूत उनले नेपाल सरकारको आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्तिलाई सघाउने प्रतिवद्धता समेत व्यक्त गरिन्।
दुबै देशले एक आपसमा नजिकबाट सहकार्य गर्न चाहेको भन्दै यो सम्बन्ध दुबै मुलुकको लागि फाइदाजनक हुने विश्वास व्यक्त गरिन्। उनले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उक्त सम्मेलनमा धेरै भन्दा धेरै चिनियाँ लगानीकर्ताहरुलाई सहभागी गराउन आवश्यक सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताएकाी थिएन्।
नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, उर्जा, भूकम्प पछिको पुर्न्निर्माण लगायतका परियोजनाहरुमा चीन सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता समेत उनले व्यक्त गरिन् ।
Related News
सम्बन्धित समाचार
‘दोष संविधानको हैन, सरकारको’
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
एमाले गण्डकीले सम्झियो सुवास नेम्वाङ
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
कांग्रेस पार्टी कार्यालयमा नेविसंघको तालाबन्दी
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०