एपीएफ र थ्रीस्टारका खेलाडी बल आफ्नो पक्षमा पार्ने प्रयासमा। तस्वीर : राम गुरुङ
पोखरा, २० माघ। सशस्त्र प्रहरी बल (एपीएफ) ले खेल सुरुवातीकै बलमा अग्रता लिँदै गरेको अप्रत्यासित गोलले रुस्लान थ्री स्टार क्लबको चुनौती पन्छाएको छ।
खेलको २६ सेकेण्डमै एपीएफका सन्तोष श्रेष्ठले गोल गर्दै कायम गरेको १–० को अग्रता आखिर ९० मिनेटसम्म कायम हुँदा उपाधिको बलियो दाबेदार थ्रीस्टार पहिलो खेलमै पराजित हुन पुग्यो।
छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबलाई हराएको एपीएफ पोखरा रंगशालामा आइतबारको जितसँगै सेमिफाइनल प्रवेश गर्न सफल भयो। लिगमा तेस्रो स्थान हासिल गरेको थ्रीस्टारमाथि भएको छिटो गोलले खेलाडीसहित दर्शकले समेत आश्चर्य परेको बताए।
राजीव लोप्सानको पासमा सन्तोषले श्रेष्ठले पोष्टचार्ज गर्दा विपक्षी गोलरक्षक एलन न्यौपानेको हातबाट फुत्केर गोल हुन पुगेको हो। सो गोल जारी प्रतियोगिताको सबैभन्दा छोटो समयमा भएको गोल हो।
टिम सम्हालिन नपाउँदै गोल खाएर दबाबमा परेका थ्रीस्टारले अन्तिम मिनेटसम्म बराबरी खेल्ने प्रयास असफल बन्यो। खेलमा एपीएफका डिफेन्स रमेश दंगाल म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए।
जितपछि एपीएफ प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीहरू रणनीतिअनुरूप खेलेकोले जित सम्भव भएको बताए।
थ्रीस्टार प्रशिक्षक मेघराज केसीले टिम सम्हालिन नपाउँदै गोल खाएर दबाबमा परेकोले पराजित हुनुपरेको बताए। उनले भने, ‘हामीहरूले सरप्राइज गोल खायौं। त्यसले गर्दा दबाब सिर्जना भयो। विपक्षीको रोक्ने रणनीति सफल भयो।
कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको सो प्रतियोगितामा सोमबार दोश्रो क्वाटरफाइनल हुँदैछ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेलीबीच प्रतिष्पर्धा हुनेछ।
मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भैरहेको प्रतियोगिताको फाइनल शनिबार हुने जनाइएको छ। प्रतियोगितामा १२ टिमको सहभागिता छ।
Related News
सम्बन्धित समाचार
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७