लेखनाथ, २० माघ । कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालय पोखरा महानगरपालिका वडा नं २७ को ५६ औं बार्षिकोत्सव शनिवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
हाल अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालनमा ल्याएसँगै अहिले उक्त विद्यालयमा ४३ जना विद्यार्थीहरू अध्ययनरत् छन् । समारोहको उद्घाटन गर्दै वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले शिक्षकको सानो प्रयासले पनि सरकारी विद्यालयको शैक्षिक स्तरलाई माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन मिलेर ल्याएको शैक्षिक योजनालाई वडाले सहयोग गर्ने वताउँदै वडाध्यक्ष गुरुङले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन पठाउने अभिभावकहरूसँग आग्रहसमेत गरे।
‘सरकारी विद्यालयमा छोराछोरी पठाउनुहोस, शैक्षिक गुणस्तर कायम गर्न वडा शिक्षा समिति तयार छ,’ उनले भने, ‘स्थानीय तहमा वडाध्यक्षकै नेतृत्वमा स्थानीय शिक्षा समिति रहेको छ ।’ अर्चलेको वृहत्तर विकासमा आफू लागि परेको भन्दै उनले यसका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।
सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं समाजसेवी चतुराखर अधिकारीले विद्यालयको शैक्षिक एवं भौतिक पुर्वाधार विकासका लागि सबैले आ–आफ्नो ठाउँवाट सहयोग गर्नुपनेर्मा जोड दिए । विद्यालयका प्रधानाध्यापक सूर्य वाग्लेले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक आय–व्यय विवरण प्रस्तुत गरे ।
सो अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवं लेखनाथ उद्योग वाणिज्य संघका सदस्य सूर्यमणि लामिछानेले आफ्नो जन्मदिनको अवसरमा नगद रु १५ हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेललाई हस्तान्तरण गरेर जन्मदिन मनाएका छन् ।
यसैगरी, समाजसेवी प्रमोद पौडेलले एक थान दराज, पूर्व विद्यार्थी दिनेशमणि लामिछानेले नगद १० हजार रूपैयाँ र हरिप्रिया पौडेलले नगद १५ हजार दुइ सय दुई रूपैयाँ विद्यालयलाई प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयको शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वेदनाथ अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘तिमी के थरी हौ ?’
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९