दोस्रो खुला म्याराथनमा सहभागी धावक। तस्वीरः भीमपाणि बराल/आदर्श समाज
लेखनाथ, २० माघ। ‘स्वास्थ्यको लागि दौड’ भन्ने मूलनाराका साथ विभिन्न उमेर समूहको दोस्रो खुला म्याराथन दौड शनिवार सम्पन्न भएको छ।
विभिन्न उमेर समूहअन्तर्गत पुरुष एवं महिला र छात्रछात्राबीच ५ किमीको दौडमा २ सयभन्दा बढी धावकले सहभागिता जनाएका थिए।
संयुक्त गोर्खा भूपू सैनिक क्लब लेखनाथद्वारा आयोजित दौडको शुभारम्भ पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले गरेका हुन्। लेखनाथ रंगशाला भण्डारढिकबाट शुरु दौड प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ४५ वर्ष उमेर समूहमाथि तुलबहादुर खत्री प्रथम हुन सफल भएका छन् भने मनबहादुर थापा द्वितीय र तेजबहादुर रन्तिजा पुन तृतीय भए ।
३० वर्षदेखि ४५ वर्षको उमेर समूहमा मेखराज गुरुङ प्रथम, चन्द्रबहादुर थापा द्वितीय र चन्द्रबहादुर गुरुङ तृतीय भएका छन्।
त्यसैगरी १६ देखि ३० वर्ष उमेर समूहमा गोगन माविका स्माइल भण्डारी प्रथम, लक्ष्मी आदर्श माविका विशाल खनाल द्वितीय र जनप्रकाश बहुमुखी क्याम्पसका लक्ष्मण विक तृतीय भएका थिए भने १६ वर्षमुनि उमेर समूहमा सिद्धी विनायक बोर्डिङ स्कूलका रामकृष्ण कार्की प्रथम, सिद्धी विनायककै पूजन विक द्वितीय र लिटल फ्लावरका शीतल कुमाल तृतीय भए।
यस्तै, सबैभन्दा सानो उमेर ९ वर्षका सालिन केसीले निर्धारित दुरी पार गर्न सफल भएकाले उनलाई पनि पुरस्कृत गरियो।
महिलातर्फ ३५ वर्ष उमेर समूहमा शशी रोका प्रथम, २५ वर्षदेखि ३५ वर्षसम्मको उमेर समूहमा ज्योति गुरुङ प्रथम, लीला छन्त्याल द्वितीय र कल्पना गुरुङ तृतीय भइन् ।
१६ देखि २५ उमेर समूहमा डायमण्ड माविकी आरती गुरुङ प्रथम, जनप्रकाश बहुमुखी क्याम्पसकी रीता परियार द्वितीय र जनप्रकाशकै अञ्जना श्रेष्ठ तृतीय भइन् ।
१६ वर्षमुनिको उमेर समूहमा लिटल फ्लावर एकेडेमीका सरगम कुमाल प्रथम, डायमण्ड माविका मुना पुन द्वितीय र त्रिभुवन शान्ति माविका कृष गुरुङ तृतीय भएका छन्।
विजयीलाई डाडाँकोनाक प्रहरी चौकी इञ्चार्ज प्रहरी उपरीक्षक मोहनबहादुर खाँडले मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
संयुक्त गोर्खा भूपू सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव मेघबहादुर गुरुङले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जंगबहादुर गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सहकारी सुशासनमा जोड
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९