पोखरा, १९ माघ। नेपाल पुलिस क्लबद्वारा लिग उपविजेता संकटा क्लब छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा पराजित भएको छ।
पोखरा रंगशालामा शनिबार भएको अन्तिम प्रिक्वार्टरफाइनलमा पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको हो। जितका लागि अभिषेक रिजाल र रवि पासवानले १–१ गोलको योगदान दिए।
खेलको ११ औं मिनेटमै सुवास गुरुङको पासमा विदेशी खेलाडी क्याक्सेल एलनको गोलबाट अग्रता लिए पनि संकटाको अग्रता खेलको ३१ औं मिनेटमा भंग भयो।
पुलिसका खेलाडी नीरकुमार राईको ब्याक पासमा अभिषेक रिजालले खेल बराबरीमा ल्याए। पहिलो हाफ बराबरीमा टुंगिएकोमा दोस्रो हाफमा संकटामाथि पुलिस हाबी देखियो।
खेलको ५४ औं मिनेटमा पुलिसका लागि रवि पासवानले गोल गर्दै टिमलाई अग्रता दिए। विपक्षी कीपर राजाबाबु थापा बिट भएको अवस्थामा रविले बललाई जाली चुमाउन सफल भएका हुन्। रवि नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए।
दोस्रो हाफको इन्जुरी टाइममा संकटाले आफ्नो संकट टार्न भरमग्दूर प्रयास गर्यो। इन्जुरी टाइमको छैटौ र अन्तिम मिनेटमा भएको गतिलो प्रहार विपक्षी कीपर शत्रुधन चौधरीले पञ्च गरी बचाएका थिए।
यसरी लिगमा छैटौं स्थानमा रहेको पुलिसले पोखरा रंगशालामा भने लिग उपविजेता संकटालाई पराजित गर्दै घर फर्काउन सफल भयो। यस सिजनमा खप्तड गोल्डकपको सेमिफाइनलमा पुलिसले संकटालाई पराजित गरेको थियो। लिगमा भने संकटाले २–१ ले जित हात पारेको थियो।
जितपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले अर्को खेलमा स्कोरिङ सुधार्ने बताए। उनले रातारात खेलाडी पोखरा आइपुग्दा थकित भएको र सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकारे।
उता, संकटाका प्रशिक्षक सल्यान खड्गीले गोलको मुखमा डिफेन्स कमजोर देखिएकोले पराजित हुनुपरेको बताए। उनले भने, ‘फुटबलमा गोल नै चाहिन्छ। हामीले पहिलो गोल निकाल्यौं। तर डिफेन्स कमजोर हुँदा पराजित हुनुपर्यो।’ दोस्रो हाफमा घाइते भएका पुलिसका हेमन्त श्रेष्ठ उपचारार्थ अस्पताल पुर्याइए।
खेल हेर्न अघिल्ला दिनका तुलनामा वेशी नै दर्शक पोखरा रंगशाला आएका थिए।
आयोजक कास्की जिल्ला फुटबल संघका अनुसार आइतबारदेखि क्वार्टरफाइनलमा खेल सुरु हुनेछन्। जसअनुसार पहिलो क्वार्टरफाइनलमा एपिएफ र थ्रिस्टारबीच खेल हुनेछ।
प्रतियोगितामा पहिलो चरणको खेल जित्दै एपिएफसहित क्यामरुनको डफिन्स टिम फेमेली र ब्रिगेड व्याइज क्लब अघिल्लो चरण प्रवेश गरिसकेका छन्।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
hero news full width
मुख्य समाचार
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७