नारी उत्थानद्वारा फुस्रेखोलामा सरसफाइ

एजेन्सी
माघ २०, २०७५
nari_Fotor

पोखरा, १९ माघ । नारी उत्थान दिदी बहिनी समूह, पोखरा–१७ को पहलमा शनिबार फुस्रेखोलामा सरसफाइ गरिएको छ ।

पोखरा वडा १७, २१ र २२ को संगम फुस्रेखोलाका खाल्से, पीपलडाली, बाक्रे, भत्भते र घट्टेखोला लगायत स्थनामा केन्द्रित रही सरसफाइ कार्यक्रम गरिएको थियो।

स्थानीयबासी र बेलघारी क्षेत्रका कतिपय घरका कपडा धुने, फोहर फाल्ने, खोलामा मूलदेखिकै फोहोर बगेर आउने र पशुआहाल खेल्ने हुँदा खोलामा फोहर थुप्रिएको थियो।

आसपासका बस्तीमा दुर्गन्ध फैलिन नदिन, सरसफाइमा स्थानीयबासीलाई सचेत गराउन तथा प्रकृतिलाई शोभायमान बनाइराख्न समूहले सो सरसफाइ कार्यक्रमको आयोजना गरेको हो।

महानगरकी बोर्ड सदस्य राधिका शाही योगी, वरिष्ठ समाजसेवी झपिन्द्रराज रेग्मी, बेलघारी टोल विकास संस्थाका अध्यक्ष वेदप्रसाद सुवेदी,  फुस्रेखोला टोल विकास संस्थाका अध्यक्ष पूर्णदीप सिग्देल लगायत १ सय जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रमबाट महानगरका ३ गाडी भरिने फोहर निकालिएको थियो।

वडा १७ कि सदस्य एवं महानगरकी बोर्ड सदस्य योगीले प्राप्त सामग्री समूहकी अध्यक्ष सरिता घिमिरेलाई हस्तान्तरण गर्दै नारी उत्थानका यस्ता कार्यले समाज समुन्नत बन्न मद्दत पुग्ने बताइन।

समूह अध्यक्ष सरिता घिमिरेले सहभागिताको लागि सबैलाई धन्यवाद दिँदै समूहले सामाजिक हितका कार्य गर्न कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

फोहर व्यवस्थापनका सामग्री र फोहर उठाउने गाडीको व्यवस्था महानगरमार्फत सूचना अधिकृत गंगालाल सुवेदीले गरेका थिए भने वरिष्ठ समाजसेवी झपिन्द्रराज रेग्मीले आर्थिक सहयोग गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मानव सेवामा निर्माण व्यवसायीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१४ स्थित निर्माण व्यवसायी समितिको आयोजनामा मानव सेवा आश्रम शाखा कार्यालय गोरखामा सहयोग गरिएको छ । समितिले त्यहाँका…
  • पोखरा वडा १४ को शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा १४ कार्यालयले विजयादशमी, दीपावली, नेपाल संवत् छठ, इद पर्वहरुको उपलक्ष्यमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न…
  • क्षत्री समाजको कलश यात्रा र महाआरति

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । क्षत्री समाज नेपाल पोखरा १६ ले बडादशैँको सप्तमीका दिन कलश यात्रासहित विधिपूर्वक महाआरति गर्ने भएको छ । ऐतिहासिकस्थल…
  • तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । तारकाङ–पोखरा सम्पर्क समाजको आयोजनामा शनिबार शुभकामना आदानप्रदान सम्पन्न भयो । नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ–२०८१ तथा नेपाल…
  • डाँडाकोनाक–विजयपुर कालोपत्रे तयारी

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–२६, डाँडाको नाकदेखि विजयपुर ब्यारेक सडकखण्ड कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले आफ्नो कार्यलाई तीव्रता दिएको छ…

hero news full width