पोखरा, १९ माघ, । अवैध रुपमा विभिन्न मुलुक लैजान लागिएका एक सय बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ ।
ती महिलालाई म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको हो । इम्पल्स एनजीओ नेटवर्कको सहयोगमा मणिपुर पुलिसले म्यानमारसँग सीमा जोडिएको क्षेत्र, होटल र विमानस्थलबाट उद्दार गरिएको थियो ।
७० भन्दा बढी नेपाली महिलालाई अवैध रुपमा मणिपुरको बाटो हुदै म्यानमार लैजान खोजेको सूचना माइती नेपालले दिएको थियो । उक्त सूचनाको आधारमा मणिपुर प्रहरीले दुई दिनदेखि नै सर्च अपरेशन चलाएको थियो ।
उद्दार गरिएमा महिलामा एक सय बढी नेपाली छन् । समाज कल्याण विभागको आश्रम गृहमा राखिएका ती नेपाली महिलालाई छिट्टै नेपाल ल्याइने वताइएको छ । मणिपुरको बाटो भएर नेपाली महिला पठाएको सार्वजनिक भएको यो पहिलो घटनो हो ।
उनीहरुलाई अवैध रुपमा लैजाने खोज्ने दुई जना नेपाली पनि पक्राउ परेका छन् । एक सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङ भएको वताइएको छ । नेपाल सरकारले महिला घरेलु कामदारको रुपमा लैजान रोक लगाएसँगै दलालले विभिन्न मार्ग प्रयोग गर्दै आएका छन् ।
सुरुमा काठमाडौंबाट हवाईमार्फत प्रयोग गरेर पठाउँथे । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्करहरुले नयाँदिल्लीलाई केन्द्र बनाए । पछिल्लो समय दिल्लीस्थित महिला आयोगले लगातार नेपाली महिलाको उद्दार गर्न थालेपछि तस्करहरुले मणिपुरलाई नयाँ बाटो बनाएको पाइएको छ
Related News
सम्बन्धित समाचार
यसरी शुरु हुँदै छ संसद
नेपालगंजमा पोखरा प्रबद्र्धन अभियान
फेदीखोलामा मजदुरलाई परिचयपत्र
कावासोती र सहरी विकासबीच सम्झौता
सडक बालबालिकाको अवस्था बुझ्दै मन्त्री महतो
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७