आइतवार सरकारले उपसचिव तहका कर्मचारी समायोजन गर्दै

आदर्श समाज सम्वाददाता
माघ २०, २०७५

पोखरा, २० माघ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई सरकारले समायोजनपत्र दिने भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार आइतबारदेखि कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्नेछन्।

कर्मचारी समायोजन अध्यादेश—२०७५ अनुसार फाराम भर्दा प्रयोग गरेका इमेल र राहदानीका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गर्न सक्ने बताइएको छ । संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघअन्तर्गतका विभिन्न कार्यालयमा खटाउने छ ।

प्रदेशमा समायोजन भएकाहरू भने सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुनेछन्। स्थानीय तहमा जाने कर्मचारीलाई पनि त्यही अनुसारको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ। सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ । एजेन्सी

Related News

सम्बन्धित समाचार

hero news full width