पोखरा, २० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालले आर्थिक रुपमा संघीयता धान्न नसक्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चाले शनिबार काठमाण्डौमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयता अर्कैले बोकाइदिएको भारी भएको उल्लेख गर्दै भारी बिसाउन प्रमुख दलका नेताहरुसँग आग्रह गरे।
प्रदेश सरकार कामकाजी नभएर आर्थिक बोझ मात्र थोपरेकोले प्रदेश सरकार खारेज गर्नु पर्छ, केसीले भने प्रदेश सरकार खारेज गरेर स्थानीय तहलाई अझै बलियो बनाउनु पर्छ । नेता केसीले नेपाललाई सिक्किमीकरण गर्न फेरि नागरिकता संशोधन विधेयक ल्याइएको भन्दै नागरिकतामा कडाई गर्न र विदेशीले लिएका नेपाली नागरिकताको छानविन गरी खारेज गर्न माग गरे ।
उनले हालै अमेरिकाले भेनेजुयलामाथि गरेको हस्तक्षेप विरुद्ध सरकारले आवाज उठाएकोमा धन्यवाद दिए। उनले विदेशी हस्तक्षेप र दबाबविरुद्ध अडिग रहन पनि सत्तारुढ दललाई सुझाव दिए। नेता केसीले भने, ‘प्रचण्डले पनि कहिलेकाहीँ झुक्किएर ठिकै कुरा गर्छन्। भेनेजुयलाको बारेमा ठिक कुरा गरेका छन्। तर, उनी कति अडिग रहन्छन् भन्ने कुरा हामीलाई थाह छ। कतिपय बुद्धिजीवी भनिनेहरुले प्रचण्ड र सरकारको विज्ञप्तिपछि नेपाल अमेरिका सम्बन्ध बिग्रियो भनेर चिच्याएपछि प्रचण्डहरुलाई अहिले ‘डर नहीँ लग्ता हे थरथरी लग्ता हे’ भइरहेको छ।
नेता केसीले डा. गोविन्द केसीका मागप्रति समर्थन आफ्नो रहेको बताउँदै अनसन तोडेकोमा पनि धन्यवाद दिए। ‘डा. केसीलाई ठूला भनिने पार्टीहरुले छिट्टै मरोस् भन्ने चाहन्छन्।’ केसीले भने, ‘तर उनले अनसन तोडेर ठिक गरेका छन्। बाँचेरै संघर्ष गर्नुपर्छ।’ अध्यक्ष केसीले कांग्रेसले डा. केसीलाई समर्थन गरेजस्तो गरेर आफ्नो राजनीतिक दुनो मात्रै सोझ्याएको आरोप पनि लगाए।
उनले अहिलेको सरकार कम्युनिष्ट सरकार नभएको बताउँदै सत्तारुढ दललाई आफ्नै नाम ‘नेकपा’ घाँडो भइरहेको दाबी पनि गरे। राष्ट्रिय जनमोर्चाले ‘संघीयताको खारेजी, राष्ट्रिय विखण्डन र प्रतिगमनको खतरा विरुद्ध संघर्ष गरौं, महंगी, भ्रष्टाचार, हत्या हिंसाको अन्त्य गरौं’ भन्ने नाराका साथ शनिबार देशब्यापी प्रदर्शन गरेको हो।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
संसद पुनर्स्थापनापछि विजय र्याली
‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
hero news full width
मुख्य समाचार
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक
फागुन १२, २०७७