पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि

आदर्श समाज सम्वाददाता
माघ २०, २०७५
petrol photo

पोखरा, २० माघ । आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्य बमोजिम निगमले मूल्यवृद्धि गरेको हो।

आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र डिजेलमा चार रुपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको थियो। सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको हो। निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन्। निगमले १५र१५ दिनमा मूल्य समायोजन गर्ने गरेपनि अघिल्लो पटक इन्धनको मूल्यवृद्धि गरेको थिएन।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ । लामो समयदेखि उनी फोक्सोको रोगबाट पीडित भए…
  • एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले)…
  • लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा, २२ भदौ । लामाचौर कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबले उपाधि जितेको छ । शनिबार फाइनलमा…
  • वडा १३ को घुम्ती सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सकियो

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । पोखरा १६, बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला शुक्रबार सम्पन्न भएको छ । चार दिनसम्म संचालित मेलाको अन्तिम…

hero news full width