पोखरा, १५ माघ : बाहुनहरुले बाजा छुनै हुँदैन भन्ने मान्यता र सोँच समाजमा विकास हुदै आएको थियो, बिहेमा बाजा बजाउने त कथित तल्लो जातिले मात्र हो । तर, यो परम्परागत सोँच परिवर्तन गर्न मकवानपुरका व्राह्मण समूह नै कस्सिएका छन् ।
लोप हुँदै गएको नौमति बाजाको संरक्षण र सम्वर्द्धनमा मकवानपुरको गढी गाउँपालिका—५ पेटी टोलका व्राह्मण समूह लागेका हुन् । नौमती ब्राह्मण बाजा समूहका अगुवा जुनाराज चौलागाईंले बिदेशी संस्कृतिबाट भित्रिएको व्याण्डबाजा भन्दा नेपाली पहिचान झल्किने बाजा सबैले मनपराउने भएकाले यसको संरक्षणमा जुटेको बताए । ‘गाउँघरमा आफैंले नरसिंहा, दमाहा सहितका आवश्यक सामग्रीको व्यवस्था गरेर अभ्यास गर्दै अहिले बैवाहिक कार्यक्रमहरुमा शुल्क लिई वाजा वजाउदै आएको छन् ।
गाउँका युवालाई समेटेर व्यवसायीक रुपमा बाजा बजाउन थालेको समूहका संस्थापक सदस्य कृष्ण घिमिरेले बताए । टोलीमा अहिले २९ देखि ५० वर्ष उमेर समूहका ११ सदस्य रहेका छन् । टोलीले यस वर्ष मात्रै २४ वटा बिहेमा बाजा बजाइसकेको छ । ‘हेटौंडामा मात्र होइन सिन्धुली, चितवन, काठमाडौं र बाराको सिमराबाट पनि बाजा बजाउन बोलाउँछन्,’ उत्साहित हुँदै संस्थापक घिमिरेले भने ।
दमाह, ट्याम्केमा प्रयोग हुने छाला प्रायजसो गोरु, भैंसीको हुने भएकाले सुरुमा परिवारका सदस्यले केही असहज महसुस गरे पनि अहिले कुनै समस्या नरहेको उनीहरु बताउँछन् । यो समूहले दुरीका आधारमा शुल्कको निर्धारण गर्दै काम गरिरहेको छ । अहिले न्युनतम १२ हजारदेखि ४० हजार रुपियाँसम्म लिएर बाजा बजाउउन जाने गरेको टोलीका रामबहादुर थापाले जानकारी दिए ।
स्थापना कालमा जनप्रगति ब्राह्मण नौमती बाजा समूह भनेर सञ्चालन गरिए पनि अहिले समूहलाई चन्द्र—सूर्य क्लबमा रुपान्तरण गर्दै संस्थागत गर्न खोजिएको संस्थापक जुनाराज पुडासैनीले बताए ।
टोलीमा रामबहादुर थापा, कृष्ण घिमिरे, रामकृष्ण पुडासैनी, जुनाराज चौलागाई, उद्धव न्यौपाने, दीपक तिमल्सिना, भरत तिमल्सिना, राम तिमल्सिना, सन्तोष पुडासैनी, लिलाराम सापकोटा, सोमप्रसाद सापकोटा रहेका छन् ।खासगरी शुभ कर्ममा पञ्चेबाजा र बिहेमा नौमती बाजा बजाउने प्रचलन छ । विगतमा दलित समुदायले बजाउने गरेका यस्ता बाजा उनीहरुको पेशा परिवर्तनसँगै संकटमा पर्दा व्रह्मणहरुले नै वजाउन थालेका छन् ।
२३ वर्षदेखि नेपाली मौलिक बाजाहरुको संरक्षणमा क्रियाशील रामप्रसाद कँणेल यसलाई सकारात्मक रुपमा लिन्छन् । उनले भने, ‘यो खुसीको कुरा हो, नयाँ पुस्ताले जातको रुपमा होइन, यसलाई मात्र बाजाको रुपमा लिएको छ ।’
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९