दुई  दिन अझै मौसम वदली हुन सक्ने

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
weather-hero

पोखरा, १५ माघ : देशभरको मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, अबको  तीन  दिन देशभरको मौसममा बदली भई मध्यम खालको वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भेगहरुमा आंशिक बदली हुने छ । पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा हल्का वर्षासमेत हुनसक्ने महाशाखाको प्रक्षेपण छ ।

मौसमविद गंगा नगरकोटीले भनिन्न् ‘पूर्व र मध्यको आइसोलेटेड ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ ।

महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएअनुसार बुधबार दिउँसो र राति  देशका पश्चिमी र मध्य क्षेत्रलगायत पूर्वी पहाडी भागमा आंशिक बदली हुने वताइएको छ ।

बुधबार पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । पश्चिमी भेगका उच्च हिमाली क्षेत्रहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुनसक्ने अनुमान मौसमविदहरुले गरेका छन् । बिहीबार देशका केही स्थानमा हल्का वर्षासँगै हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width