पोखरा, १६ माघ । सांसदहरूले गैरआवासीय नेपाली नागरिकता लिन नेपालका राष्ट्र भाषा मध्ये कुनै एउटा जानेको हुनु पर्ने व्यवस्था ऐनमा गर्न माग गरेका छन्।
व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिमा चलिरहेको नागरिकतासम्बन्धी दफावार छलफलको क्रममा मंगलवार अधिकांश सांसदहरूले यो विषय उठाएका हुन्।गैरआवासीय नेपाली नागरिक दिँदा प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने दफा विधेयकमा राखिएको छ।
उक्त दफामा नागरिकता लिँदा सपथ लिनुपर्ने व्यवस्था राख्न र नेपालका राष्ट्र भाषामध्ये एउटा जानेको हुनैपर्ने व्यवस्था थप्न समितिका सांसदहरूले माग गरेका हुन्। यस्तो माग गर्ने अधिकांश सांसदहरू सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका छन्।
विदेश गएकाहरूमा आफ्नो मुलुकप्रतिको मोह जगाउन पनि भाषाको व्यवस्था हुनुपर्ने सांसदहरुको भनाइृ छ । गृह सचिव प्रेमकुमार राईले भाषाको प्रावधान कार्यान्वयन गर्न झन्झटिलो हुने बताए।
Related News
सम्बन्धित समाचार
स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७