पोखरा, १५ माघ। नेकपा गण्डकी प्रदेश सह–इञ्चार्ज एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले डा गोविन्द केसीका माग स्वास्थ्यसँग मात्र सम्बन्धित नभई राजनीतिक एजेन्डा समेत बोकेको आरोप लगाएका छन्।
प्रेस संगठन कास्कीद्वारा मंगलवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम गरी अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनमा बसिरहेका डा केसीका मागलाई यसअघि साथ दिएका थियौं। उनका अधिकांश माग पूरा भएका पनि छन् तर यतिबेला संसद्ले जनमुखी विधेयक पारित गरिसकेको सन्दर्भमा माग पूरा गर्न सक्ने अवस्थामा छैनौं, उनी नेपाली काँग्रेसका लागि अनसन बसेकोजस्तो देखिन्छ,’ नेता अधिकारीको आरोप थियो।
‘आमनेपालीको अत्यवश्यक सेवा अस्पतालमा कुनै पनि धर्ना, विरोध, बन्द हड्तालको कार्यक्रम गर्नु हुदैन, देशको ऐन नियम एवं चिकित्सकीय नैतिक दायित्व अनुरुप सदाझैं नियमित स्वास्थ्योपचार सेवा प्रदान गर्ने हो,’ नेता अधिकारीले भने, ‘स्वास्थ्य क्षेत्रको सुधार प्रधानमन्त्री केपी र अध्यक्ष प्रचण्डले गरेका छन्, तर उनीहरुलाई स्वास्थ्य माफियाको आरोप लगाउने काम भइरहेको छ।’
चिकित्सा शिक्षा विधयकसम्बन्धी कानून निर्माण गर्यौं, विभिन्न समिति र आयोग पनि बने तर उनीहरुले आफ्ना राय पेश गरे, त्यो विधयकबारे संसद्मा छलफल भयो, पास गर्ने बेलामा अवरोध सृजना भयो त्यसको २ घण्टामा डा गोविन्द केसी विधेयकको विरोधमा अनसनमा बसे । यसबाट प्रमाणित हुन्छ कि डा केसी कसको समर्थनमा अनसन बस्दै छन्’ प्रतिनिधिसभा सदस्य समेत रहेका अधिकारीले भने ।
‘यतिबेला स्वास्थ्य शिक्षा विधेयकलाई लिएर चिकित्सक दुई ध्रुवमा बाँडिन थालेका छन्। एकथरी चिकित्सक डा केसीको जीवनरक्षा माग गर्दै रिले अनसन मार्फत आन्दोलनमा उत्रिएका छन् भने अर्काथरि, सत्तापक्षीय चिकित्सकले अस्पतालमा हड्ताल गरेर प्रतिकार गनेर्सम्मको अभिव्यक्ति दिन थालेका छन्, त्यसले स्वास्थ्य क्षेत्रमा राम्रो गदैर्न, आमसर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुने छन्,’ उनको भनाइ थियो।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायतले केसीको माग सम्बोधन हुने गरी प्रतिनिधिसभाले पारित गरेको चिकित्सा शिक्षा विधेयक परिमार्जनसहित पारित गर्न राष्ट्रिय सभाका सांसदसँग आग्रह गरेका छन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि दबाब दिन चिकित्सकहरु काम छोडी आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघले देशभरका चिकित्सकलाई दिनभर अनसन बस्न आव्हान समेत गरेको छ।
शिक्षाविद् केदारभक्त माथेमा, पूर्व प्रधानान्यायाधीश सुशीला कार्की लगायतले केसीको माग सम्बोधन हुने गरी प्रतिनिधिसभाले पारित गरेको चिकित्सा शिक्षा विधेयक परिमार्जनसहित पारित गर्न राष्ट्रिय सभाका सांसदसँग आग्रह गरेका छन्।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९