हिमाली सांस्कृतिक परिवारको स्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
Chhetra BDR, Himali_Fotor

स्रष्टा सम्मान गर्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ। तस्वीर : आदर्श समाज

पोखरा, १५ माघ। हिमाली सांस्कृतिक परिवारले स्रष्टाहरु दानबहादुर गुरुङ र क्षेत्रबहादुर गुरुङलाई सम्मान गरेको छ।

परिवारको २२ औं वार्षिकोत्सव अवसरमा लोकगायक क्षेत्रबहादुर गुरुङलाई नर–चेतन स्मृति पुरस्कार र कलाकार दानबहादुर गुरुङलाई रुद्रबहादुर थापा ‘रुपेनबाबु’ स्मृति पुरस्कार प्रदान गरेको हो।

परिवारमा आबद्ध कलाकार नृत्य निदेर्शक सनबहादुर गुरुङ र वाद्यवादक माधव गुरुङलाई परिवारद्वारा नगद ५ हजार र प्रशंसापत्रद्वारा सम्मान गर्यो। त्यस्तै, समाजसेवी नारायण गुरुङलाई समेत प्रशंसापत्रद्वारा सम्मान गर्यो।

प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले उनीहरुलाई सम्मान गरेका हुन्। नर–चेतन स्मृति पुरस्कार राशि २५ हजार र रुद्रबहादुर थापा ‘रुपेनबाबु’ स्मृति पुरस्कार राशि १० हजार साथमा  दोसल्ला र सम्मानपत्र थियो।

कार्यक्रममा उपकुलपति डा गुरुङले नेपालको लोक संस्कृति समन्वयात्मक रहेको बताए। यहाँको लोक संस्कृतिले नेपालीहरुलाई अलग हुन नदिएको प्राज्ञ गुरुङले प्रष्ट पारे। उनले भने, ‘नेपाली लोक संस्कृतिले सबै नेपालीलाई एक ठाउँमा बाँधेर राखेको छ।’

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी चेतन कार्की, संचारकर्मी प्रकाश सायमी, सम्मानित व्यक्तित्व क्षेत्रबहादुर गुरुङ लगायतले बोलेका थिए।

परिवारका प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचनलाई परिवारले सम्मान गरेको थियो। शिक्षाविद् जर्ज जोनले संरक्षकद्वयलाई फेटा लगाउँदै दुबोको माला लगाएर सम्मान गरेका हुन्।

यस्तै, परिवारलाई सहयोग गर्ने सहयोगदाता तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङ, तमु प्येल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान गुरुङ र तमुधिं अमेरिकाका अध्यक्ष डम्मरजंग गुरुङलाई सम्मान गरिएको थियो।

त्यस्तै, परिवारप्रति सहयोग पुर्याउँदै आएका सहयोगी दानबहादुर श्रीष, बाबुराम गिरी, विना गुरुङ, राजु गुरुङ, राजु कार्की, राजकुमार भण्डारी, गंगामोहन गुरुङ, कमला गुरुङ र पुरण गुरुङलाई सम्मान गरियो ।

परिवारका प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचनले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन्।

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र सचिव श्रीजंग गुरुङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width