शुक्रराज माविको स्वर्ण महोत्सव

विद्यालयको मैदानलाई १० लाख बिनियोजनः खेलकुद मन्त्री

Avatar एजेन्सी
माघ १६, २०७५
sukraraj_Fotor

पोखरा, १५ माघ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पोखरा–२२, पुम्दीभुम्दीस्थित शुक्रराज माविको खेल मैदान निर्माण तथा मर्मतका लागि १० लाख रुपैयाँ मन्त्रालयबाट बिनियोजन भएको जानकारी दिएका छन् ।

विद्यालयको स्वर्ण महोत्सव समारोहको दोस्रो दिन मंगलबार विभिन्न दाता, विद्यालय व्यवस्थापन समिति पूर्व सदस्य, अक्षयकोषदाता, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व कर्मचारी लगायतलाई सम्मान गर्दै मन्त्री विश्वकर्माले सो जानकारी दिएका हुन् ।

विद्यालयमा संचालित प्राविधिक विषय पशु विज्ञानलाई अझ प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने वचन दिँदै उनले अबको शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा हुनुपनेर्मा जोड दिए।

मन्त्री विश्वकर्माले भने, ‘पुम्दीभुम्दी बहुआयामिक सम्भावना भएकोले यहाँको आर्थिक विकास र समृद्धि हासिल गर्न पर्यटन मुख्य आधार हुन सक्छ।’

गण्डकी प्रदेश सांसद राजीव पहारीले आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर जनतासँग आउने जाने गरेको बताउँदै विद्यालयको आधुनिक तथा प्राविधिक शिक्षाको लागि आवश्यक सहयोग गर्ने जनाए। कार्यक्रममा पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बराल, सदस्य मात्रिकाप्रसाद बराल, भूत पूर्व विद्यार्थी मञ्च अध्यक्ष बालकृष्ण बराल लगायतले विद्यालयको शैक्षिक गुणस्तरको लागि सहयोग गर्ने बताए।

प्रदेश सांसद समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामजी बराल जीवनको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालय प्राचार्य नरनाथ बरालले बुधबार स्वर्ण महोत्सव समापन हुने जानकारी दिए । त्रीदिवसीय समारोहअन्तर्गत समापनमा शिक्षा सचिव खगराज बरालको प्रमुख आतिथ्यता रहनेछ ।

Related News

सम्बन्धित समाचार

    • शिवमायालाई ललित गौचन समाजसेवा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नागरिक समाज कास्कीद्वारा सञ्चालित ललित गौचन स्मृति समाजसेवा सम्मान–२०७७ सामाजिक अभियन्ता शिवमाया श्रेष्ठलाई प्रदान गरिएको छ । कास्कीका…
    • हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीकी ममता…
    • फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । पोखरा–१८, गैह्राको चौतारामा पानीको सतह घटेसँगै फेवाताल पुर्ने गतिविधि भइरहेकाले पोखराका विभिन्न सरोकारवाला संघसंस्थाको ध्यानाकर्षण भएको छ ।…
    • मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      पोखरा, २२ फागुन । एक करोड दिए जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भनी रकम ठगी गर्ने दुई व्यक्तिलाई कास्की प्रहरीले…
    • सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      फागुन । सिद्धार्थ क्लब पोखराले बुधबार बिहान गरेको कार्यक्रममा ९४ युनिट रक्त संकलन भएको छ । रक्त संचार केन्द्र, पोखराको…

    hero news full width

    sanil ads

    wordlink ads