हेमजास्थित धवलागिरी बोडिङ स्कूलको रजतजयन्ती अवसरमा आयोजित प्रभातफेरी। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, १५ माघ। पोखरा–२५ स्थित धवलागिरी बोर्डिङ स्कूलले रजतजयन्ती अवसरमा मंगलवार प्रभातफेरी कार्यक्रम गरेको छ।
स्थानीय तिब्वतीयन क्याम्पबाट शुरु प्रभातफेरी मिलनचोक म्याग्दीचोक, मेलबोट हुँदै विद्यालयमा पुगी सभामा परिणत भएको थियो।
प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका प्रमुख तथा विद्यालयका पूर्व शिक्षक प्रहरी निरीक्षक दीपक थापाले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्घता व्यक्त गरे।
निरीक्षक थापाले कतिपय विद्यार्थी लहैलहैमा लागुऔषधको सिकार हुने गरेको तर्फ सचेत गराउँदै विद्यार्थी जीवनमा अनुशासनको महत्व ठूलो रहने औँल्याए।
विद्यालयका संस्थापक प्रधानाध्यापक शिवबहादुर रेग्मीले विद्यालय प्रशासनले शैक्षिक गुणस्तरलाई महत्व दिँदै आएको जनाउँदै विद्यार्थीको भविष्यप्रति आफूहरु सचेत रहेको अवगत गराए।उनले रजतजयन्ती महत्वमाथि प्रकाश पनि पारेका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलाराम पौडेलले सबै सरोकारवालाले जिम्मेवारी पूरा गरी विद्यालयमा शैक्षिक वातावरण बढाउनुपर्ने तर्क गरे।
प्रभातफेरीमा शिक्षक, अविभावक, विद्यार्थी, कर्मचारी लगायत अन्य हेमजावासीको सहभागिता रहेको थियो।उनीहरुले विभिन्न सचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए। रजतजयन्तीअन्र्तगत मूल कार्यक्रम फागुन ४ र ५ गते गर्ने तयारी पनि विद्यालयले गरेको छ।
यसअघि विद्यालयले जयन्तीकै अवसरमा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ, शिक्षक भलिबल, निःशुल्क दन्त शिविर गरिसकेको छ ।
आगामी शनिवार सरसफाइ गर्नुका साथै हेमजाका सार्वजनिक स्थलमा डस्टविन वितरण गर्ने कार्यक्रम रहेको संस्थापक प्रधानाध्यापक रेग्मीले बताए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक प्रधानाध्यापक रेग्मीले स्वागत तथा अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक कृष्ण भण्डारीले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायी समितिमा शिव
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव
पोखरा आदर्शमा वार्षिक खेलकुद
निशुल्क रक्त परीक्षण
स्रष्टा सम्मान तथा साक्षात्कार
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०