जानुका खत्रीको स्मृतिमा सहयोग

Avatar एजेन्सी
माघ १६, २०७५
aama_Fotor

पोखरा, १५ माघ । पोखरा–१६, बाटुलेचौरमा जानुका खत्रीको स्मृतिमा मैदान आमा समूहलाई पानस एवं ग्यासचुलो सहयोग गरिएको छ ।

सीता थापा, गंगा गौतम, चन्द्रा बुढाथोकी र मनु केसीले आमा जानुका खत्रीको ४५ औं पुण्यतिथिमा मैदान आमा समूह अध्यक्ष मनु बस्नेतलाई सो सामग्री हस्तान्तरण गरेका थिए।

स्व. जानुका खत्री मैदान आमा समूहको संस्थापक सदस्य थिइन् ।सहयोग हस्तान्तरण कार्यक्रममा आमा समूहका अध्यक्ष मनु बस्नेत, सीता थापा, दिलबहादुर केसी, हिमालय क्लब अध्यक्ष मोहनबहादुर थापा लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग